जलविद्युत् कार्यालय तोडफोड तथा सवारीसाधनमा आगजनी

गोरखा। चम्पावती जलविद्युत् आयोजनाका कारण राइनासटारको १२ सय हेक्टर खेत सुक्खा लाग्ने भन्दै किसानहरूले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारीसाधनमा आगजनी गरेका छन्। शनिबार कार्यालय परिसरमा पुगेका पाँच सय जनाभन्दा धेरै स्थानीय किसानले सो कार्यालयमा आक्रमण गरेका घटनाका प्रत्यक्षदर्शी सुजन न्यौपानेले बताए। राइनासटार सिँचाइ आयोजनाको बाँधभन्दा २ सय मिटर तल जलविद्युत् आयोजनाको निकास हुँदा खेतमा

सुनसरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ४ घाईते

विराटनगर। सुनसरीको बरहाक्षेत्र नगरपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-२ का ३५ बर्षीय हर्क बहादुर राई रहेका छन, उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । हिजो साँझ ६ बजे प्रदेश

पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गरे:प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गरेका छन्। आज यहाँ आयोजित ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले शुभकामना दिँदै द्वन्द्वपीडित र परिवालाई यथाशीध्र न्याय दिन सरकार सचेत रहेको बताए। ‘मानवअधिकारको विशेष संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिबद्ध छ’, उनले

नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु शाह र घनश्याम भुसाललाई कारबाही गरे

काठमाडौ। नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु शाह र घनश्याम भुसाललाई कारबाही गरेको छ । शनिबारको पार्टी सचिवालय बैठकले शाह र भुसाललाई स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी विरोधी गतिविधिमा संलग्न भएकाले दुई जनालाई कारबाही गरिएको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर। झापा र मोरङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका-३ स्थित चारपाने-राजगढ सडक खण्डमा प्रदेश १-०१-००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी-३ का २२ बर्षीय लखिराम सतारलाई उपचारार्थ प्रादेसिक अस्पताल भद्रपुर लगिएकोमा चेकजाँचको क्रममा

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

विराटनगर। मोरङको विराटनगर महानगरपलिका – १३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका १० का ३३ बर्षीय अरुण लिम्बु रहेका छन् । हिजो साँझ ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले रानीबाट बिराटनगर

विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु

एजेन्स। कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । एक्कासी ढलेका उनलाई हृदयघात भएको यूएस सकरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खेल पत्रकारितामा कलम चलाउने प्रतिष्ठित फुटबल पत्रकार

अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट उद्धार

अर्घाखाँची । अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट उद्धार गरिएको छ । गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनःस्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उहाँका अनुसार दिल्लीको कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा

भाजपाले पुन: भुपेन्द्र पटेललाई गुजरातको मुख्यमन्त्री बनाउने

गुजरात (एएनआई)। भारतीय जनता पार्टी (भाजपा)का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि शनिबार पहिलो बैठक बस्दैछ। बैठकमा नै गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने तयारी छ। भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जितपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ।

विश्व हिन्दु परिषदद्वारा गाई हत्यारालाई कार्यवाहिको मांग

विराटनगर । विश्व हिन्दु परिषदले गाईको हत्यारालाई कार्यवाहिको मांग गर्दै जिल्ला प्रशासन ज्ञापन बुझाएको छ । शुक्रबार जिल्ला कार्यसमिति पर्साले जिल्ला प्रशासन कार्यालय पर्सालाई गाईको हत्यारालाई कार्यवाहिको मांग गर्दै ज्ञापन बुझाएको हो। विश्व हिन्दु परिषद जिल्ला कार्यसमिति पर्साका उपाध्यक्ष शम्भु महतो थारुको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत गृह मन्त्रालय सिंहदरबारलाई समेत उक्त कार्यवाहिको मांग