अकालमा हुने नागरिकको मृत्युलाईलाई बचाउन आज यहाँ खुल्ला रक्त्तदान कार्यक्रमको आयोजना गरिएको छ । सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड कार्यालय विराटनगरले आफ्नो पाँचौ औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहाँ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । आफ्नो अफिस मुनी महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी , वीमा अभिकर्ता र सर्वसाधारण गरी ६० जनाले
काठमाडौ। युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले उच्च सतर्कता अपनाइएको छ । राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस शहरमा उच्च सतर्कता अपनाइएको ट्वीटमार्फत जानकारी दिए । सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले सो संक्रमण नआओस भनेर
विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने कार्य जटिल भएकाले यसमा आयोग एक्लैको प्रयास सार्थक नहुने बताएका छन् । फेसबुकको मातृसंस्था मेटाले आयोजना गरेको राष्ट्रिय निर्वाचन स्वच्छतासम्बन्धी सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचनका समयमा हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमनका लागि निर्वाचन
विराटनगर। मंगलबार सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ३०० र तेजावी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ
विराटनगर। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सकिएको छ । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको हो । यस पटक पहिलो हुने निर्वाचित हुने
विराटनगर। मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ। मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना
मोरङ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन्। मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन्। ‘नेताहरु पटकपटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन्। सपना
६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो । प्रहरी दिवशको अवसरमा बिबिध खेलकुद कार्यक्रम, स्वास्थ्य सिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना
भक्तपुर। नेकपा एमाले भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतले विपक्षीभन्दा तेब्बर बढी मतले विजयी हुने दाबी गरेका छन्। स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया गर्दै उनले पछिल्लोपटक दोब्बर मतले विजयी भएकोमा योपटक तेब्बर बढी मतले विजयी हुने दाबी गरे। सता गठबन्धनले आफूलाई कुनै असर नपर्ने उनले बताए। ‘गठबन्धन नेताहरुबीच मात्रै छ। कार्यकर्ताबीचमा कुनै