उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-१५, दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-१३, असारीका २२ वर्षीय विकाश राई रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारका क्रममा आज शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो। प्रदेश २-०१-००१ त १०३३ नम्बरको ट्याक्टर बिहान साढे ९ बजे अनियन्त्रित
काठमाडौ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य सामान्य बन्दै गएको छ । डेंगु संक्रमण पुष्टि भएपछि विर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ । यसअघि केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । विर अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले केसीको स्वास्थ्य अवस्था सामान्य
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ। आक्रमणबाट ११ वर्षीया बीना चेपाङको मृत्यु भएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। घरबाट सानीआमाको घर जाँदै गर्दा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। शुक्रबार बिहान ६:३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए। चितुवाले बालिकाको घाँटीमा
विराटनगर। विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए। उनका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ ५ बजेतिर
विराटनगर। मोरङको जहदा गाउँपालिका–२ भातीगछस्थित बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा प्रहरीले शुक्रबार बिहान १५ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले बिहान ५:३० बजेतिर लागूऔषध गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा गाँजा बरामद गर्न प्रहरी पुगेको थियो । गाँजा कसले लुकाएको हो भन्ने यकिन
मस्को। रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आफूले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको बताए। सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै बिहीबार बिहानदेखि
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ मा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो प्रदेश २-०२-०३-००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला-५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय पासाङ शेर्पा, उनैका भाई २४ बर्षीय फुर्वा शेर्पा, १७ बर्षीया लाकी
अर्घाखाँच। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका १ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । धारापानी स्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भीरबाट लडेर गमालको मृत्यु भएको हो। गमाल बाटोदेखि झन्डै
विराटनगर। विराटनगर वडा नम्बर ११ मा रहेको छिमेकी मार्गको नाला भत्की भत्किएको छ। करिब ६ महिना अगाडी निर्माण गरेको नाला कालो पत्र गर्नु भन्दा अगाडी नै भत्किएको हो। पंचमुखी देख पन्श्चिम तर्फ जाने छिमेकी मार्ग विराटनगर महानगर प्रहरी प्रमुख राजन पौडेलको घर अगाडी बनेको नाला करिब २५ मिटर भत्किएको छ। नाला बनाएको ६ महिना पनि