कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं। यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ०५:१३ बजे

अहिलेको सत्ता गठबन्धनभन्दा बाहेकको सरकार बने मुलुक अझै विकासको गतिबाट पछि पर्ने:प्रधानमन्त्री देउवा

डडेलधुरा। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धनभन्दा बाहेकको सरकार बने मुलुक अझै विकासको गतिबाट पछि पर्ने बताएका छन्। सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न गृहजिल्ला पुगेका देउवाले बिहीबार यस्तो बताएका हुन्। उनले सम्बोधनको अधिकांश समय नेकपा एमाले अध्यक्ष ओलीको आलोचनामा बिताएका थिए। छिमेकी मुलुकसँगको सहकार्य बिना देशको विकास नहुने तर्क उनको थियो।

नक्कली करारनामा बनाइ चार करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

विराटनगर। नक्कली करारनामा बनाइ चार करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नक्कली करारनामा बनाइ चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगञ्ज महानगरपालिका-१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सार्वजनिक गरेको हो। अन्सारीले काठमाडौँ महानगरपालिका-१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन

एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भए यता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार

नयाँ दिल्ली। नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भए यता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ। भारतका १९ सहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमूना समावेश गरिएको थियो। युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका

निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ

काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ। आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको

नागेश कोईराला

मोरङ क्षेत्र नम्बर ६ विराटनगर ११ पिछरा मा आयोजना गरिएको चुनावी छलफल तथा भेटघाट कार्यक्रममा मोरङ क्षेत्र नं। ६ प्रतिनिधि सभा का उम्मेदवार डा.शेखर कोइराला तथा ६ ख का प्रदेश सभा उम्मेदवार केदार कार्की लगायत गठबंधन का नेता तथा कार्यकर्ता ।

इटहरी नेपाली कांग्रेसका

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका छन् । बुधबार इटहरीमा आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको सुनसरी क्षेत्र नं। २ ९क० कोे अगुवा कार्यकर्ता भेलामा बोल्दै ढुंगानाले अहिलेको गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका हुन् । ‘यो गठबन्धन चुनाव जित्न मात्रै बनेको होइन, गठबन्धनलाई चुनावमा मात्रै जिताउने होइन,’ उनले भने,

मोरङ क्षेत्र नम्बर ६

मोरङ क्षेत्र नम्बर ६ विराटनगर ११ पिछरा मा आयोजना गरिएको चुनावी छलफल तथा भेटघाट कार्यक्रममा मोरङ क्षेत्र नं। ६ प्रतिनिधि सभा का उम्मेदवार डा.शेखर कोइराला तथा ६ ख का प्रदेश सभा उम्मेदवार केदार कार्की लगायत गठबंधन का नेता तथा कार्यकर्ता ।

स्काईभेटरमा आगजनि गर्ने पक्राउ

विराटनगर। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-२ स्थितमा रहेको स्काईभेटरमा आगजनि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी-१ का २९ बर्षीय तुलसी राज अधिकारी रहेका छन । सृजनशिल कन्स्ट्कसन प्रा.लि.को बा.३ ख ४३०६ नम्वरको स्काईभेटर चिशंखुगढी-२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पुर्णरुपमा जली क्षेति भएको

आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास:गृहमन्त्री खाण

बुटवल। गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’ बुटवलमा बुधबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका