विराटनगर।विराटनगरमा प्याब्सन बिराट कप फुटबल प्रतियोगिता हुने भएको छ। प्याब्सन विराटनगरको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता आगामी पुस १ गतेदेखि हुने भएको हो । २०७६ सालदेखि सुरु भएको प्रतियोगिता कोरोना महामारीले गर्दा लगातार २ वर्ष स्थगित भएको प्याब्सन विराट फुटबल प्रतियोगिता यसवर्ष आयोजना गरिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि विराटनगरको शहीद रंगशालामा पुस १
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ १८४ जना पुरुष निर्वाचित भएको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ९१ जना महिला निर्वाचित भएको बताए । प्रतिनिधिसभामा कूल २७५ जनामध्ये पुरुष ६६.९ प्रतिशत र महिला ३३.१० प्रतिशत निर्वाचित भएका छन् । प्रतिनिधिसभा र प्रदेश सभातर्फ ४२८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको आयोगले जनाएको छ । प्रतिनिधि
काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ । आयोगले मंगलबार नै नतिजा सार्वजनिक गर्ने
काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिका–४ चलान गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका–११ सल्लेबाट बेथानचोक–५ च्याल्टीमा व्रतबन्ध कार्यमा पुगेर फर्किएको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार बस दुर्घटना हुँदा घटनास्थलमा १३ र अन्य ४ जनाको उपचारका क्रममा मृत्यु भएको
महिला हिंसा नियन्त्रण गर्न किशोरीहरुको दुई दिने भेला सम्पन्न विराटनगर, २८ मंसिर । महिला हिँसा न्युनिकरण अभियानमा सहयोग पुरयाउन धनकुटाको भेडेटारमा महिला प्रदेश १ भरिका अगुवा किशोरीहरुको दुई दिने भेला सम्पन्न भएको छ । महिला जनचेतना केन्द्र, मेचीनगरको आयोजनामा सम्पन्न भएको उक्त्त भेलामा प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम,
एजेन्सी। टोकियो- जापानका एक वृद्धले हालै प्रहरी चौकीमा नौ दिनमा २,०६० पटक फोन गरेर त्यहाँका कर्मचारीहरूलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । उनले फोन गरेर कर्मचारीहरूलाई ‘कर चोर’ र ‘खाली स्थानमा रहेको ठूलो मूर्ख’ भनेका थिए । सेप्टेम्बर ३० र अक्टोबर ८ को अवधिमा सैतामा प्रिफेक्चरका ६७ वर्षीय व्यक्तिले प्रिफेक्चरल प्रहरी मुख्यालयमा कुल २,
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ । आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले
विराटनगर। मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले निर्णायक आन्दोलनको तयारीमा लागेको घोषणा गरेका छन् । प्रतिकूल बैंकिङ नीति तथा चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै उद्योगी व्यवसायीहरूले निर्णायक आन्दोलनको तयारीमा लागेको घोषणा गरेका गरेका हुन्। विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन घोषणा गर्ने बताएका हुन्
विराटनगर। राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः थाल्ने भएको छ। सोमबारबाट निर्वाचन आचारसंहिता हटेसँगै बुधबारदेखि भूमि आयोगले लगत संकलन लगायत काम सुरु गर्न लागेको हो। आयोगले मंगलबार सूचना जारी गर्दै अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी बुधबारबाट पुनः सुचारु
नयाँ दिल्ली। भारतको अरुणाचलमा भारतीय सैनिक र चिनियाँ सैनिकबीच झडप भएको छ। अरुणाचलको सीमावर्ती क्षेत्रमा दुवै पक्षबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचारअनुसार झडपमा दुवै पक्षका सैनिकहरू घाइते भएका छन्। भारतको रक्षा मन्त्रालयले घटना गत ९ डिसेम्बरमा घटेको जनाएको छ। तवांगमा चिनिया सैनिकहरू प्रवेश गरेपछि झडप भएको बताइएको छ। तीन सय बढी चिनियाँ सेनाहरूले