विषाक्त मदिरा सेवन गर्दा कम्तिमा ३७ जनाको मृत्यु

नयाँ दिल्ली। भारतको बिहारमा विषाक्त मदिरा सेवन गरेर कम्तिमा ३७ जनाको मृत्यु भएको छ । बिहारमा अहिले रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको उल्लेख गरेका छन् । भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह

बलात्कार सामान्य हो,शरीरलाई कुनै हानी नोक्सानी गर्दैन भनेपछि सोविता गौतमको सर्वत्र बिरोध

काठमाण्डौँ । बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी हुँदैन भन्ने अभिव्यक्ति दिएपछि काठमाण्डौँ २ की सांसद सोविता गौतमको सर्वत्र बिरोध भईरहेको छ । गौतमले एउटा भिडियो अन्तवार्तामा बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी गर्दैन, पुनस्थापना पनि सहज छ । भन्ने अभिव्यक्ति दिएकी छन् । यसप्रति सर्वत्र आलोचना आउने क्रम जारी छ

अनावश्यक इमेल आएर हैरान हुनुहुन्छ?

विराटनगर। नेपालमा पछिल्लो समय इमेलको प्रयोग बढ्दै गएको छ। इमेलको प्रयोग बढ्दै जाँदा अनावश्यक इमेल आउँदा प्रयोगकर्ता हैरान हुने गरेका छन्। हामीले कहिलेकाही विभिन्न वेबसाइटमा न्युजलेटर सु्क्राइब गर्छौं अनि त्यसको मेल आउन थाल्छ। अनि कतिपयले इमेल ठेगाना पाएर पनि मेल गरिरहेका हुन्छन्। यसका लागि ‘इमेल स्टुडियो’ नामक वेबसाइटले यसका लागि सेवा उपलब्ध गराउँदै आएको छ।

सार्बजनिक वहुउद्देश्यीय सहकारी संस्था काे छैठाैँ वार्षिक साधारणसभा

सार्बजनिक वहुउद्देश्यीय सहकारी संस्था काे छैठाैँ वार्षिक साधारणसभा सम्पन गरिएका छन् । यस संस्था २०७३ साल डिभिजन सहकारी कार्यालय माेरङमा दर्ता भइ आज ६ वर्ष पूरा भएको यसै संस्थाका संस्थापक तथा सचिव संजय राजवंशीले बताएका छन् । कार्यक्रम काे प्रमुख अतिथि कटहरि गाउँपालिकाकाे अध्यक्ष देवराज चाैधरि जयूले दिप प्रजवलन गरि उधघाटन गरिएका छन् । चाैधरिले

हत्याको आरोपमा सात जना पक्राउ परे

रुपन्देही। बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका-८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जनालाई चक्कुसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी

दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिए

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएको छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर

प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा पाँच जना प्रहरी घाइते

जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् । रामगोपालपुर नगरपालिका–५ बस्ने डा पङ्कज चौधरीले पत्नी नेहा चौधरीलाई

दुई दिनमा दुईवटा गैँडा मृत फेला परे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको

प्रधानमन्त्री देउवाद्वारा पौडेललाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी भए । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएको बधाई ज्ञापन गर्दै यो देशले नै पाएको अनुभूति भएको

किसानले चिनी उद्योगलाई पुरानै भाउमा उखु बेच्न बाध्य

नवलपरासी। किसानले चिनी उद्योगलाई पुरानै भाउमा उखु बेच्न बाध्य भएका छन्।सरकारले यस वर्षको समर्थन मूल्य नतोक्दा नवलपरासीका किसानले पुरानै भाउमा उखु बेच्न बाध्य भएका हुन्। जिल्लामा लुम्बिनी, बागमती र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन्। लुम्बिनी बाहेक दुई उद्योगले मंसिरको पहिलो सातादेखि किसानसँग उखु खरिद गरेर क्रसिङ सुरु गरिसकेका छन्। सरकारले यस वर्षको समर्थन मूल्य नतोकेका