युवाहरुलाई स्वरोजगार बनाउन साबुन र बेसार फ्याक्ट्री संचालन गर्ने

विराटनगर। धरान उपमहानगरपालिकाले साबुन र बेसार फ्याक्ट्री संचालन गर्ने भएको छ। धरानका युवाहरुलाई स्वरोजगार बनाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले साबुन र बेसार फ्याक्ट्री संचालन गर्ने भएको हो । उपमहानगरको कार्यपालिका बैठकले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने निर्णय गरेको उपमेयर अइन्द्रविक्रम बेघाले जानकारी दिएका छन् । उपमेयर बेघाका अनुसार धरान उपमहानगरपालिकाको ४,५ र

कोरोनाको कारण थप दुई जनाको मृत्यु

काठमाडौं। कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १३३ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो। यो अवधिमा देशभरबाट ३२९४ नमूना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११८६ र एन्टिजेनबाट २१०८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ११० र एन्टिजेनबाट

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुगे

चितवन। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुगेका छन्। शुक्रबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री देउवा चितवन आएका हुन्। देउवासँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आएका हुन्। नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार चितवन आएका हुन्। आज दिउँसो १२ बजे वीपी कोइराला

देशभर हल्कादेखि मध्यम वर्षा हुने

विराटनगर । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कर्णाली प्रदेशमा आंशिक

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता

काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति निर्धारण गरेको छ। आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम बिहीबार सार्वजनिक गरेको हो। जसमा २३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने उल्लेख छ। स्वीकृत कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४

आफू निर्दोष भएको भन्दै लामिछानेले सीपीएल छाडेर नेपाल फर्कने

काठमाडौं। बलत्कार आरोप लागेका नेपाल क्रिकेट संघ (क्यान)का राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन्। उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफू निर्दोष भएको बताएका हुन्। लामिछानेले ट्विट गर्दै आफूलाई नेपालको कानूनमा पूर्ण विश्वास भएको र केही दिनपछि सीपीएल छाडेर नेपाल फर्कने बताए। उनले भने, ‘म निर्दोष छु र नेपालको सम्मानित

पछिल्लो २४ घन्टामा थप २२७ जनामा कोरोना भाइरस संक्रमण

विराटनगर। पछिल्लो २४ घन्टामा थप २२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४४०१ नमूनाको परीक्षण गराएकोमा २२७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३७ र एन्टिजेनबाट ९० जनामा कोरोना पुष्टि भएको हो। बिहीबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको हो। बुधबार कोरोनाबाट दुईजनाले ज्यान

मोरङमा माछा पोखरीमा एक जना वृद्धा महिलाको शव फेला परे

विराटनगर। मोरङको रंगेली नगरपालिका-१ स्थित माछा पोखरीमा एक जना वृद्धा महिलाको शव फेला परेको छ। मोरङको रंगेली-१ की ७६ वर्षीया कृष्णमाया बस्नेतको शव बुधबार साँझ फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार कृष्णमाया बिहान ९ बजेतिर आफ्नै घरबाट बेपत्ता भएकी थिइन्। परिवारका सदस्य र आफन्तले खोजी गर्ने क्रममा माछा पोखरीमा

संघीय निजामती सेवा ऐेन छिट्टै आउने:उप-सभामुख भुसाल

विराटनगर। प्रतिनिधि सभाको उप-सभामुख पुष्पा भुसालले संघीय निजामती सेवा ऐेन छिट्टै आउने बताएकी छन्। निजामती सेवा दिवसका अवसरमा अर्घाखाँचीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप-सभामुख भुसालले आउने भदौसम्म संघीय निजामती सेवा ऐन आउने दावी गरिन्। ऐन नआउँदा कर्मचारीहरुमा मनोबल गिरेको र संघीयताको मूल मर्म कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।उनले भनिन्, कर्मचारीहरुमा मनोबल बढाउन, संघीयताको मूल

शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध हो:शिक्षामन्त्री पौडेल

काठमाडौं। शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताएका छन्। ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृतिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताए।