बिराटनगर।चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT बाट खटीएको प्रहरी टोलीले चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको हो । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैया जरिवाना र सोहि मितिको सजाय निर्धारण
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेष चौक स्थितबाट प्रहरीले न्यूनतम मुल्याङकन गरी आयात गरिएका बिभिन्न सामग्रीहरु बरामद गरेको छ । बुधबार अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले BR38E 7425 नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम मुल्याङकन गरी आयात
विराटनगर। झापाको भद्रपुर र बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अस्थायी प्रहरी पोस्टले भद्रपुर- ५ स्थित मेची पुलबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्याम्पो चालक बिर्तामोड नगरपालिका- २ निवासी ३६ वर्षीय लोकराज राजवंशी र ट्याम्पोमा सवार कनकाई नगरपालिका-८ निवासी २५ वर्षीय अजय
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन्। बुधबार काठमाडौंमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले १५ औँ योजनामा दिगो र हरित पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको र अर्थतन्त्रको संरचनात्मक सुधारका लागि स्वदेशी, विदेशी र सरकारका तर्फबाट थप लगानी गर्न
काठमाडौ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन- २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा राजनीतिक सहमति जुट्न सकेको छैन । नेकपा माओवादी केन्द्र हत्यालाई मानव अधिकार उल्लघंनका रुपमा उल्लेख गर्नुपर्ने अडानमा छ भने एमाले हत्यालाई गम्भीर मानव अधिकारका रुपमा राखिनुपर्ने पक्षमा छ । सोही विषयमा कुरा नमिल्दा विधेयक अघि बढ्न सकेको छैन।
काठमाडौ। प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ। यस्तै, गृह मन्त्री बालकृष्ण खाणले ‘कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
विराटनगर। निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ । आज मध्याह्न १२ बजेका लागि छलफलमा बोलाइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफलका लागि बोलाइएको बताइएको छ । आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य
मोरङको धनपालथान गाउपालिकाले आफ्नो पालिकालाई पोषण मैत्री पालिका वनाउने प्रतिवद्धता जनाएको छ । नेपाल सरकारले २०८७ साल सम्म सवै पालिकालाई पोषण मैत्री पालिका वनाउने लक्ष्य लिएको छ । सो लक्षय अनुसार नेपाली सरकारले विभिन्न पालिकामा कार्यत्रफ्म संचालन गरिरहेको छ । धनपालथान गाउपालिकाले पनि कहिवर्ष भित्रै आपफ्नो पालिकालाई पोषण मैत्री पालिका वनाउने प्रतिवद्धता जनाउदै तयारी शुरु
सिमर। बारामा नौ जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार २८ जनाको रगत परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा कलैयामा उपमहानगरपालिकाका पाँच, स्रिमौनगढका दुई, कोल्हबी नगरपालिका र आदर्शकोतवाल गाउँपालिकाका एक/एक जना रहेका छन् । संक्रमितमध्ये केही काठमाडौंबाट फर्किएका र केही जिल्लामै बसोबास गर्ने रहेका छन् । अस्वस्थ भई
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि देखि शिष्टाचार भेटवार्ता सुरु भएको हो। सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल