सेयर बजार फेरि ओरालोतिर

काठमाडौं। सेयर बजार फेरि ओरालोतिर लागेको छ। आज नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से ११ अंकले उकालो लागेको थियो। यसदिन २५ लाख ४२ हजार ८९९ कित्ता सेयर ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँमा कारोबार भयो। बुधबार ७२ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो। कारोबार

प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

विराटनगर । प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । संविधानको मर्म अनुसार प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पद बहाल रहने व्यवस्था अनुसार सभामुख र उपसभामुखको पनि पद खाली हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर भएको हो । अधिवक्ताहरु किशोर

बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

हेटौंडा। मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।थप जानकारी आउन बाँकी……

प्रधानन्यायाधीश जबराको बचाउ अभियानमा अध्यक्ष ओली

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बचाउमा लागेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउदै ओलीले महाभियोगको पुष्टि नभइ प्रधानन्यायाधीश जबरालाई देउवा सरकारले बालुवाटारमा नजरबन्दमा राखेको भन्दै आपत्ती जनाए। असोज १ गते राति संसदको कार्यकाल सकिएसँगै महाभियोग निस्क्रिय भएको भन्दै जबराले असोज

बझाङमा एक पुरुष मृत फेला परे

बझाङ। बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका- ७ स्थित पानी काफल सामुदायिक वन क्षेत्र ( घुसखोला ) मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। हाल नाम, थर, वतन नखुलेका पुरूष बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

विराटनगर महानगरपालिकालाई आर्थिक संकट

विराटनगर। विराटनगर महानगरपालिका आर्थिक संकटबाट गुजिरिरहेको छ। स्थानीय निकायको निर्वाचन पछि नायाँ नेत्रिनतव्य आउँन साथ आम नागरिकले जुन आसा र बिश्वास राखेका थिए यकता आसा र बिश्वास अनुसार काम हुन् सकेको छैन। महानगरपालिकाले २०७९-०८० को लागि प्रकासन गरिएको योजना र बजेट सम्बन्धि पुस्तक आर्थिक संकट कै खराबले गर्दा प्राप्त मात्रामा छपाउन सकेको छैन। विराटनगर महानगर

नेपालमा पछिलो समय थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

विराटनगर। नेपालमा पछिलो समय थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३९२४ नमूना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २४८८ र एन्टिजेनबाट १४३६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ७५ र एन्टिजेनबाट १६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप

आफ्नो पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी:अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिएका छन्। सोमबार पार्टी कार्यालय तीनकुनेमा आयोजित नेपाल मगर संघ (समाजवादी)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र केपी ओलीमा व्यक्तिबादी चरित्र देखापरेकै कारण आफूहरुले बिद्रोह गर्नुपरेको भन्दै एकीकृत समाजवादीमा कसैले व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही

संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण

विराटनगर । संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछी सम्म सडकको बिच भाग (डिभाइडर) मा बिरुवा रोपी संविधान दिवस मनाइएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले बिरुवा रोपेर

विराटनगर महानगरपालिकाका मेयर कोइराला मलेसिया प्रस्थान

विराटनगर। सिटीनेटको निमन्त्रणमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन् । ३ दिने सिटीनेटको नेशनल कंग्रेसमा सहभागी हुन मेयर कोइराला सोमबार मलेसिया प्रस्थान गरेका हुन् । विराटनगर महानगरपालिका सिटीनेटको स्थायी सदस्य हो । मेयर कोइराला विराटनगर महानगरपालिकाको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । सिटीनेटमा एसिया प्यासिफिक