सिटिरिक्सालाई ठक्कर दिंदा मोटर साइकल चालक घाइते

विराटनगर। विराटनगरमा मोटर साइकलले सिटिरिक्सालाई ठक्कर दिंदा मोटर साइकल चालक घाइते भएको छ। विराटनगर १५ पुरानो हवाई फिल्ड नजिकै राजमार्गमा दक्षिणबाट उतार तर्फ जादै गरेको सितिरिक्सालाई सोहि दिसा तर्फ जादै गरेको मोटर साइकलले ठक्कर दिंदा घाइते भएको हो। घाइते हुने मोटर साइकल चालक टंकबहादुर थापा रहेका छ्न भने मोटर साइकल पछाडी बसेका विज्ञान विष्ठ र

गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन

काठमाडौ। गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताहरुले समयभित्रै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो। गठबन्धनको निर्णय कार्यान्वयन गराउन सम्बन्धित निकायलाई समेत निर्देशन दिइएको छ। ‘तदनुरुप सम्बन्धित पार्टी निकायहरुले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ। निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा

गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी दिए। मन्त्री खाँणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली

राष्ट्रपति भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन्। स्वास्थ्य स्थितिमा सुधार आएपछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएको राष्ट्रपतिका जनसम्पर्क सल्लाहकार टीका ढकालले जानकारी दिए। गत शनिबार ज्वरो आउने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारी त्रि.वि. शिक्षण अस्पताल पुगेकी थिइन्। परीक्षणको क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

भक्तपुर। भक्तपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हालः काठमाडौं बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको हो। नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हाल सूर्यविनायक नगरपालिका-२ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी वर्ष ११ की बालिकालाई निजकै डेराकोठामा

मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज मंगलबार प्रकाशन गर्ने कार्यक्रम रहेको छ। यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते दर्ता भएको

चितवनमा उमेद्वारीमा परिवर्तन अधिकांश नयाँ अनुहार

चितवन। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रोपटक चितवनको क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका छन्। पूर्व अर्थमन्त्री पाण्डे दुईपटक निर्वाचित भइसकेका हुन्। उनी २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी अर्थमन्त्री बने। पाण्डे २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसँगको तालमेलमा निर्वाचित भएका थिए। उनीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएकाहरू भने नयाँ अनुहार हुन्। पाण्डेसँग राष्ट्रिय योजना

करेन्ट लागेर दुई मजदुरको मृत्यु

वीरगन्ज। वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको छ। पर्साको धोबिनी गाँउपालिका- ३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगन्ज महानगरपालिका- ९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो। वीरगन्ज-२६ मा स्थानीय रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लाको छत प्लाष्टर गर्ने क्रममा छेउकै विद्युतको पोलको तारमा छोइएर करेन्ट लाग्दा अन्सारीको मृत्यु

वालिङमा सर्पले डसेर एक जनाको मृत्यु

स्याङ्जा। वालिङमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका ८ बोगटीडाँडाका ४२ वर्षीय तीलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो । सर्पले डसेपछि अस्पताल ल्याएका उनलाई रिफर गरिएको र थप उपचारका लागि लैजाने तयारी हुँदै गर्दा बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। सर्प करेत प्रजातिसँग मिल्दोजुल्दो

हत्याको आरोपमा ३ जना पक्राउ

झापाको अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्क एरियामा बस्दै आएका सिदिम्बा-४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा महिला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्कमा रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बर्षीय इन्द्र बहादुर अधिकारी, सोही होटलका स्टाफ फिदिम नगरपालिका-१२ का २१ बर्षीय अमृत आचार्य र