एकै परिवारको तीन जनाको हत्या

वीरगन्ज। बारामा बुधबार एकै परिवारको तीन जनाको हत्या भएको छ। उनीहरुको शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छोराछोरीको हत्या गरी शव फालिएको अवस्थामा भेटिएको हो। प्रस्टोका गाँउभन्दा करिब २ किलोमिटर टाढाको ढोरा खोला किनारमा बुधबार दिउँसो साढे २ बजेतिर प्रस्टोका

देउवाको क्षेत्र डडेल्धुरामा पाँच जनाले आफ्नो उमेदवारी फिर्ता लिए

डडेल्धुरा। डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। एमालेका प्रतिनिधिसभाका उमेदवार चक्र स्नेहीसहित पाँच जनाले आफ्नो उमेदवारी फिर्ता लिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभा तर्फ उम्मेदवारी दिएका दुई जना गरी पाँच जनाले उम्मेदवारी फिर्ता गरेका छन्। प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्रप्रशाद स्नेही, स्वतन्त्र दानबहादुर पाल

लागुऔषध गाँजा सहित २ जना पक्राउ

विराटनगर। धनकुटा नगरपालिका-९ चिम्सुवाबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे १० बजे शहिदभुमी गाउँपालिका-३ की ४९ बर्षीया बिष्णु कुमारी राई र ४३ बर्षीय उद्धिम भनिने उमेश राईलाई ५/५ केजी लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

विराटनगर। झापाको कन्काई नगरपालिका-३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लावारी-४ का ५३ बर्षीय नागेन्द्र प्रसाद कोईरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी

कार्तीक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधी खुवाइने

काठमाडौं। आगामी कार्तीक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको जनाएको छ। आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले

नेपालमा प्रतिबन्धित भारतीय नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग

वीरगन्ज। नेपालमा प्रतिबन्धित भारतीय नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालिएको छ। नेपालमा भारतीय ५ सय , १ हजार र २ हजार दरका नोट प्रतिबन्धित छ। ती नोटको अवैध ओसार पसारमा यसअघि पुरुषको मात्रै प्रयोग हुँदै आए पनि अब भने कारोबारीले त्यस्ता काममा महिलाको प्रयोग गर्न थालेका हुन्। यसै क्रममा प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय

धाक धम्कि दिई रकम माग गर्ने पक्राउ

विरानगर। मोरङको बिराटनगर स्थित ब्यापारीहरुलाई धाक धम्कि दिई रकम माग गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-२ का २९ बर्षीय रविन घिमिरे रहेका छन । घिमिरेले ब्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा बिराटनगर-१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका

नाबालिग किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्षविरुद्ध जाहेरी

सिमरा। निजगढ नगरपालिका वडा नं. २ का वडाध्यक्षविरुद्ध नाबालिग किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेको छ। १६ वर्षीया नाबालिग किशोरीका अभिभावकले मंगलबार साँझ वडाध्यक्षविरुद्ध निजगढस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्। किशोरीकी आमाले प्रहरी कार्यालय पुगेर वडाध्यक्षविरुद्ध दिएको किटानी जाहेरीमा दसैंको टिकाको दिन घटना भएको उल्लेख गरेकी छिन्। जाहेरी दिने क्रममा अभिभावकसँगै किशोरी

आर्थिक समृद्धिका लागि दुई महिलाको बलि

नयाँ दिल्ली। भारतको केरला पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिएको घटना सार्वजनिक भएको छ । अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रकाशित समाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो । यस सम्बन्धमा कोच्ची सिटी प्रहरीले शफी उर्फ ​​रशीदसहित दम्पती भगवल सिंह र

खोलाले बगाएर एक जना वृद्धको मृत्यु

सन्धिखर्क। अर्घाखाँचीको छत्रदेवमा खोलाले बगाएर एक जना वृद्धको मृत्यु भएको छ। छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको स्थानीय बेङ्दी खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए। गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा