सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडाध्यक्ष रहमान मियाँ आइतबार जेल चलान भएका छन्। सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको डिएसपी नरेशकुमार सिंहले बताए। मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको
काभ्रे। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन्। पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको दुई दिने जनसंगठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे।
विराटनगर। नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ। एलपी ग्यासको भाउ भने यथावत छ। निगमले आज राति १२ बजेबाट लागू हुने गरी भाउ निर्धारण गरेको
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार प्रदेश एकको दोस्रो कार्यकालको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। सत्तारूढ गठबन्धनमा प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेसँगै कार्की प्रदेशसभाको दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २
दोलखा। निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन्। गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको आइतबार बागमती प्रदेशको दोलखामा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उनले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताए। निर्वाचन
पर्सा। वीरगञ्ज महानगरपालिका-१६ मा गुणस्तरहीन घिउसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका-८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेशकुमार राय रहेका छन्। श्री गणपति रिपैकिङ उद्योग, गणपति पूजा सामग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० केजी तौलमा प्याकिङ गरिएका डाल्डा घिउ २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको
काठमाडौं। नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ। पार्टी एकता लगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यालय तीनकुनेमा आज बिहान ११ बजे बैठक बस्ने प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुनेछ।
वासिङटन डिसी। अमेरिकाको भर्जिनियामा राज्यमा एक छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएका स्थानीय प्रहरीले जनाएको छ । न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न
काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट आज एक जनाको मृत्यु भएको हो। नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल
काठमाडौं। एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरूले कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी खडा गरेर त्यसमार्फत विदेशी नागरिकलाई ठगी गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले जनाएको छ। उक्त आर्थिक अपराधमा संलग्न रहेको आरोपमा अछाम बन्नीगढी गाउँपालिका–६ घर भइ काठमाडौं