लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिए

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका हुन्। गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ। नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन: नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटे

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। ५०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० रूपैयाँ कायम गरिएको थियो। यसदिन तेजावी सुन मूल्य प्रतितोला १ लाख ५ हजार ३०० रूपैयाँमा कारोबार

रवि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्। उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको थियो। यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। अमेरिकी

आमाको हत्यासम्बन्धी मुद्दाको फाइल बोकेर आठ वर्ष देखि अदालतको गोलचक्कर लगाउदै

राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ का बेचन रायले आमाको हत्यासम्बन्धी मुद्दाको फाइल बोकेको आठ वर्ष भयो। दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै उनी कहिले जिल्ला, कहिले उच्च त कहिले सर्वोच्च अदालतको गोलचक्कर लगाइरहेका छन्। तर, सप्तरी जिल्ला अदालतमा ६१ पटक पेसी चढे पनि उक्त मुद्दाको फैसला भएको छैन। उक्त मुद्दा जिल्लामै १८ न्यायाधीशले हेरिसकेका छन्। बेचनकी आमा

देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि अघि बढिरहेको :नेकपा (एमाले) अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि अघि बढिरहेको बताएका छन्। सहिद दिवसको अवसरमा आज सन्देश दिँदै उनले सहिदले देखेको सपनाको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि रहेको बताएका हुन्। उनले भनेका छन्, ‘देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता,

प्रतिबन्धित लागूषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

झापा। झापाको बिर्तामोडमा प्रतिबन्धित लागूषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत विहार किसनगञ्ज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र सोही ठाउँका २० वर्षीय सन्वाज खान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका– ५ मा आइतबार बेलुका

प्रहरीको हिरासतबाट ६ जना थुनुवा फरार

ढल्केवर। धनुषा प्रहरीको हिरासतबाट ६ जना थुनुवा फरार भएका छन्। ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र अभद्र व्यवहारका दुईजना गरी ६ जना थुनुवा राति हिरासत तोडेर फरार भएका हुन्। उनीरुको तीव्र

स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल हो:राष्ट्रपति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन्। सहिद दिवसको अवसरमा सोमबार सन्देशमार्फत उनले ज्ञात-अज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन्। सन्देशमा भनिएको छ, ‘सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त

देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधै प्रेरणादायी हुने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतीपूर्ण परिस्थितिमा नयाँ सरकार गठन भएको बताएका छन्। सहिद दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्पित भएको बताएका छन्। उनले एकपटक सहिदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न आव्हान गरेका छन्। ‘चुनौतीपूर्ण

आज माघ १६ : शहीद दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ। शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने