टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि ,उद्घाटनमा इलाम र उदयपुर भिड्दै 

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ । कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्त जोशीले जानकारी

तरहरामा राष्ट्रिय कविता प्रतियोगिताको तयारी, पुरस्कार राशि ५१ हजार 

इटहरी / इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ । श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले

मेयर कोइरालाद्वारा महानगरस्तरीय परीक्षाको अनुगमन 

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कक्षा ८ को महानगरस्तरीय परीक्षाको अनुगमन गर्नुभएको छ । आइतबारदेखि सुरु भएको कक्षा ८ को परीक्षाअन्तर्गत मेयर कोइरालाले विभिन्न विद्यालय पुगेर अनुगमन गर्नुभएको हो । शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराई, महानगर शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतलाई साथै लिएर महानगरका विभिन्न विद्यालयमा पुगेर मेयर

सद्भाव साकोसद्वारा जनजाति शिक्षा संस्कार केन्द्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

सुनवर्षी / सुनवर्षीमा सञ्चालित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनजाति शिक्षा संस्कार केन्द्रका विद्यार्थीहरूलाई सद्भाव बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ। सुनवर्षीका छवटा अलगअलग केन्द्रमा अध्ययनरत करिब १५० जना बालबालिकालाई कपी, कलम वितरण गरिएको हो। उक्त कार्यक्रम सद्भाव साकोसका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो।

श्रीहरि सत्संग समिति नेपालको विराटनगरमा ऐतिहासिक रासलीला कार्यक्रम सम्पन्न

विराटनगर/ श्रीहरि सत्संग समिति नेपालको केन्द्रीय कार्यालय विराटनगरले आयोजना गरेको ६ दिने ऐतिहासिक रासलीला कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ। ५ गतेदेखि सुरु भएको यस कार्यक्रमले १० गतेसम्म १२ हजार भन्दा बढी भक्तजनहरूको सहभागिता प्राप्त गरेको थियो। कार्यक्रमको समापन अवसरमा विभिन्न धार्मिक र सांस्कृतिक हस्तीहरू, राजनीतिक तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

झापा, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ

विराटनगर/  झापा, मोरङ र उदयपुरबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। चैत १० गते विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीमा ब्राउनसुगर, गाँजा र अन्य प्रतिबन्धित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका-१, भन्सार चोकमा भारतको किशनगंज-२ का २३ वर्षीय सलमलाई पक्राउ गरेको हो। उनको साथबाट

झापामा क्षयरोगको बढ्दो असर: फागुनसम्म ७०० नयाँ बिरामी, २५ जनाको मृत्यु

बिराटनगर / झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो । कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२

नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदी स्थिर

विराटनगर। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार भने यो मूल्य १ लाख ७४ हजार १०० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्य

झापामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै

झापा / रोग निको हुने दर उच्च र खर्च कम लाग्ने भएकाले झापामा पछिल्लो समय आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्दै गएको छ। झापा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भद्रपुरमा दैनिक ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। केन्द्रका प्रमुख आयुर्वेद डा. विजय श्रेष्ठका अनुसार, केन्द्रले उपचारात्मक, प्रवर्द्धनात्मक र प्रचारात्मक सेवा प्रदान गर्दै आएको छ।

नेपालमा बाघको सङ्ख्या वृद्धि, बासस्थान विस्तारको आवश्यकता

विराटनगर / नेपालमा बाघको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ, जसका कारण यसको बासस्थान विस्तार गर्ने आवश्यकता देखिएको छ। राष्ट्रिय निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र तथा अन्य वन क्षेत्रमा बाघको बसोबास भए पनि पछिल्ला वर्षहरूमा सङ्ख्या वृद्धि भएसँगै बासस्थानको समस्या देखा परेको छ। चितवन राष्ट्रिय निकुञ्जद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट