नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन

काठमाडौं। नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ६ बजे राणाको निधन भएको हो। ९५ वर्षीय राणा निमोनिय संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि नर्भिक अस्पताल भर्ना भएका थिए। नेपाल राष्ट्र बैंकका संस्थापक

प्रतिनिधि सभाको बैठक आज बस्ने

काठमाडौ। प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बैठक दिउँसो एक बजे बस्नेछ। संघीय संसद सचिवालयले बिहीबार र शुक्रबार सांसदलाई संसदीय व्यवस्था तथा संसदको नीति र कानून जानकारी गराउन अभिमुखीकरण गरेको थियो। अभिमुखीकरणमा विगतको संसदीय अभ्यास, संसद सञ्चालनका नियम कानूनका विषयमा जानकारी गराइएको थियो। यो अभिमुखीकरणले संसद सञ्चालनमा सहज हुने विश्वास लिइएको छ।

सरकारको हेराईमा परिवर्तन गर्न पनि वृहत्त एकताको खाँचो

विराटनगर। नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरी र एमाले नेता एवम् प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मी महतोको मुद्दा राजनिती भएकोले राजनिती सहमतीबाट समाधान खोजिनु पर्ने प्रमुख पार्टीका नेताहरुले जोडदार माग गरेका छन। वृहत्तर नागरिक समाजले शनिवार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कांग्रेस एमाले माओवादी केन्द्रका थारू मधेशी नेताहरूले चौधरी र महतोलाई रिहा गर्न माग

मैदा उद्योगहरू कच्चा पदार्थको अभावले गर्दा बन्द हुने अवस्थामा

विराटनगर । मोरङ सुनसरी करिडोर क्षेत्रमा सञ्चालित मैदा उद्योगहरू कच्चा पदार्थको अभावले गर्दा बन्द हुने अवस्थामा पुगेका छन्। यस क्षेत्रमा गोमति मैदा मिल, न्युटिफुट, गोपाल फोलोवर मिल, बाबा मैदा मिल, विशाल मैदा र महालक्ष्मी मैदा मिल लगायतका छन्। मिललाई चाहिने कच्चा पदार्थ गहुँको उत्पादन कम हुने भएको कारणले गर्दा गहुँ उत्पादन तर्फ नेपाल आत्मनिर्भर हुन

रमपमलाई पहिलो प्राथिमिकता दिँदा सिएनआई कोशी एक्स्पो हो वा रमपम कोशी एक्स्पो जवाफ खोज्दै व्यापारी

विराटनगर । माघ १९ गते देखि विराटनगरमा सञ्चालन भएको सिएनआई कोशी एक्स्पो २०२३ आयोजकको लागि निल्नु न उकल्नु भएको छ। नेपाल उद्योग परिघंग प्रदेश एक ले आयोजना गरेको उक्त मेला सिएनआई कोशी एक्स्पो २०२३ हो वा रमपम कोशी एक्स्पो हो यसको जवाफ व्यापारी क्षेत्रबाट खोज्न थालेका छन्। आयोजकले पहिलो प्राथमिकता रमपमलाई दिएको हुँदा सहयोग हामीले

विपक्षी गठबन्धनले राष्ट्रियसभा उपाध्यक्षको टुङ्गो भोलि लगाउने

काठमाडौं । विपक्षी गठबन्धनले आइतबार मात्रै राष्ट्रियसभा उपाध्यक्षको टुङ्गो लगाउने भएको छ। शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले आइतबारमात्र उम्मेद्‍वारको टुङ्गो लगाउने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो। सत्ता साझेदार दुई दलका शीर्ष नेताको भेटमा गृहमन्त्रालय कसलाई दिने भन्ने विषय तथा राष्ट्रपति उम्मेदवारका विषयमा पनि कुराकानी भएको थियो। राष्ट्रिय स्वतन्त्र

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र

झापा । फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ । बिर्तामोड नगरपालिका – २ स्थित रामचौक हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसंग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महलिा उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता जाहेर गरेका

करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर। ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका-२ सिमलबोटे स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ बर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । विहिबार अपरान्ह बाख्रा चराउन गएकि सुकमाया अबेर सम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा आज बिहान घरभन्दा करिव आधा किलोमिटर टाढा करेन्ट लागि मृत अबस्थामा फेला परेकि हुन ।

लागूऔषध ब्राउन सुगर सहित नेपाल प्रहरीका एक जना जुनियर अधिकृत पक्राउ

विराटनगर। लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित नेपाल प्रहरीका एक जना जुनियर अधिकृत विराटनगरबाट पक्राउ परेका छन्। भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१५ रानीस्थित १ नम्बर ढाटबाट असइ (प्रहरी सहायक निरीक्षक) घनश्याम लाखे पक्राउ परेका हुन्। उदयपुरको कटारी नगरपालिका-५ घर भएका ३० वर्षीय लाखे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा सवार थिए। लागूऔषध नियन्त्रण