सीटी सफारीमा राखेर ओसार्दै गरेको ६१ किलोग्राम गाँजा बरामद

विराटनगर। सीटी सफारीमा राखेर ओसार्दै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा प्रहरीले विराटनगरबाट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका–१४ जतुवाबाट लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार प्लाष्टिकमा प्याक गरी को २ ह ४६१० नम्बरको सिटी

पाँच दलीय गठबन्धन असक्षम भइसके:नेकपा एमालेका महासचिव शंकर पोखरेल

काठमाडौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन असक्षम भइसकेको बताएका छन् । बुधबार दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव पोखरेलले असक्षम व्यक्तिले सरकारको नेतृत्व गरिरहेको र जनताको आशालाई निरासामा बदल्ने मात्रै काम भइरहेको बताए। पाँच दलीय गठबन्धनले एक वर्ष विताइसकेको छ । जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै षड्यन्त्रपूर्वक हटाउने काम भयो,’उनले

गौशालामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

महोत्तरी। महोत्तरीको गौशालामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार बिहान गौशाला नगरपालिका -१ सुर्तिविकास चौकमा ना ४ ख ३३३१ नम्बरको ट्रकले ठक्कर दिँदा गौशाला नगरपालिका – ४ रजखोरका २८ वर्षीय हरदेव सहनीको मृत्यु भएको हो । मोटरसाइकल चालक सहनीले छोरा दिलीपलाई विद्यालय पुर्‍याउन जाँदा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा बसेका बस्ती प्रभावित

बिराटनगर । सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका छन् । सप्तकोसी नदीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् । अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाँउबाट कोसी बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लाग्यो ।

प्रदेश एकको राजधानी सामान्य वर्ष हुँदा डुवान

बिराटनगर।प्रदेश एकको राजधानी बिराटनगर महानगर पालिका सामान्य वर्ष हुँदा नै डुवान हुन्छ। नालाहरु मापदण्ड अनुसार व्यवस्थित निर्माण नभएकोले पानीको निकास नहुँदा डुवानमा पर्दै आएको हो। बिराटनगर महानगर पालिका प्रदेश एकको राजधानी । एक नम्बर प्रदेशको एक मात्र महानगर भएकोले बिराटनगर महानगर पालिकाले गर्ने हरेक काममा सबैको चासो र चर्चाको विषय बन्ने गर्दछ । तर सामान्य

यौन दुर्व्यवहारका सिकार भएकी महिलालाई सान्त्वना, आत्मविश्वास र हौसला प्रदान गर्नुको साटो उल्टै समाजले तिरस्कार गर्न खोजे

झापा। यौन दुर्व्यवहारका सिकार भएकी महिलालाई सान्त्वना, आत्मविश्वास र हौसला प्रदान गर्नुको साटो उल्टै समाजले तिरस्कार गर्न खोजेको एउटा घटना बाहिर आएको छ। घटना हो ,झापा मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित अरनिको माविमा कार्यरत महिला शिक्षकको। करिब २ महिनाअघि सोही विद्यालयका तत्कालीन प्रधानाध्यापक अग्नि घिमिरेबाट ती महिला शिक्षक यौन दुर्व्यवहारको सिकार भएकी थिइन्।एकल महिलासमेत रहेकी उनी सोही

आज साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने

बिराटनगर । हिजो अस्तीको तुलनामा आज साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक-दुई दिन बढी पानी पर्ने छ । मौसमविद् बिनु महर्जनका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ । मनसुनी

भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने युरिया मल गुणस्तरहीन प्रमाणित

बिराटनगर। भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने युरिया मल गुणस्तरहीन प्रमाणित भएको छ। सीमा आसपासका नेपाली कृषकलाई लक्षित गरी तस्कर समूहले मल ल्याउने गरेका हुन्। चोरी तस्करी गरी ल्याइएको उक्त मल सशस्त्र र नेपाल प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ। यसरी बरामद भएका दुई सय बोराभन्दा बढी मल भद्रपुर भन्सार कार्यालय परिसरमा लिलामका लागि

पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु

झापा। झापामा साथीहरूसँग पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-१ निवासी १८ वर्षीय उज्ज्वल खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार गौरादह नगरपालिका-९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा मंगलबार दिउँसो २ बजे खरेल साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी

सप्तकोसी नदिको पानीले बाँध फुटाएर बस्तीमा प्रवेश गरे

चतरा। उदयपुरको बेलका नगरपालिका-८ स्थित डुम्री बोटे (लाहुरे खोज) भन्ने स्थानबाट सप्तकोसी नदी बस्तीतिर पसेको छ।२ सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब चार बजे सप्तकोसी नदिको पानीले बाँध फुटाएर बस्तीमा प्रवेश गरेको हो। सप्तकोसीको बाढी रोक्न नगरपालिकाको तर्फबाट प्रयास भए पनि कोसीमा पानीको बहाव बढेसँगै आएको बाढीले नियन्त्रणको लागि निर्माण गरेको बाँधलाई