आज माघ १६ : शहीद दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ। शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने

पहिलो राष्ट्रिय विज्ञान समेलन २०२३ हुने

विराटनगर। एसटिएएन -इएससीएन पहिलो राष्ट्रिय विज्ञान समेलन २०२३ हुने भएको छ। विज्ञान र प्रविधिको विकासका साथै वैज्ञानिक शिक्षाको जगबाट राष्ट्र प्रगतिको पथ पहिल्याउन समेलन हुने भएको हो। विज्ञान प्रविधिका विषयमा ज्ञान लिन काठमाडौं वा भारत नै जानुपर्ने बाध्यता अन्त्य गर्न शनिवार बर्जु गाउँ पालिका वडा नम्बर ५ मा रहेको एभरेष्ट साइन्स सेन्टर नेपालको हलमा पत्रकार

पेस्तोलसहित एक युवक पक्राउ

ढल्केवर । धनुषामा गोली लोड भएको पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-७ का २८ वर्षीय रोशन महतो रहेका छन्। उनलाई मिथिला नगरपालिका-२ नकटाझिज चौकस्थितबाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल एक थान, गोली २ राउण्ड लोड गरिएको र एक

चितवनको क्षेत्र नं २ रिक्त बनेको क्षेत्रमा उपनिर्वाचन हुने

काठमाडौं। सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ। आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा कुनै जानकारी आइनसकेको र औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गरिने बताए। उनले प्रतिनिधिसभा

एटीएम फोडेर पैसा झिक्न खोज्ने एक जना पक्राउ

भक्तपुर। भक्तपुर एटीएम फोडेर पैसा झिक्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका-३ ठकुरी गाउँ झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन्। उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेसिन फुटाउन खोजेको र असफल भई

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर

काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर

जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई समेत आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित

गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको आजबाट अन्तिम सुनुवाइ हुने

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको आजबाट अन्तिम सुनुवाइ हुने भएको छ। सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न हुन लागेको हो। नागरिकता विवादको सुनुवाइको लागि अग्राधिकार दिँदै सर्वोच्चले छिटो, छरितो सम्पन्न गर्नु आवश्यक देखिएको जनाएको छ। प्रारम्भिक सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की

आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु

काठमाडौं। आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. किरण नकर्मीले जानकारी दिए। इलामका प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगेको थियो।

विहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु

विहार। भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । मंगलबार विषाक्त मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ । सुरुमा विहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर एक जनाको मृत्यु भएको खबर आएको थियो ।