झापामा ८ केजी गाँजासहित दम्पत्ती पक्राउ

झापा/  झापाको कनकाई नगरपालिकाबाट अवैध लागूऔषध गाँजासहित एक दम्पत्ती पक्राउ परेका छन्। गाँजा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले बुधबार दिउँसो कनकाई-४, मनकामना टोलमा छापा मारेको थियो। प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) राधाकृष्ण दाहाल नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दम्पत्तीको नाम सार्वजनिक नगरिए पनि उनीहरूको साथबाट ८ केजी

विराट गोल्डकपको उपाधि थ्रीस्टार क्लबलाई

विराटनगर / नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ। बुधबार राति सम्पन्न फाइनल खेलमा थ्रीस्टारले चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको हो। विजेता टोलीका लागि खेलको पाँचौं मिनेटमै खेमराज श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ६३औं मिनेटमा दीपेश घलेले थप गोल गर्दै टिमको जित

महेन्द्र मोरङ क्याम्पसमा तोडफोड र आगजनी प्रकरणः नेविसंघका चार विद्यार्थी नेता पक्राउ

विराटनगर/  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर भएको तोडफोड र आगजनी प्रकरणमा प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) का चार जना नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नेविसंघ केन्द्रीय सदस्य २६ वर्षीय योगराज दाहाल, २० वर्षीय आयुष दाहाल, नेविसंघ मोरङ सचिव ३० वर्षीय गुड्डु साह र २६ वर्षीया केन्द्रीय सदस्य

नेपाल यादव सेवा समिति विराटनगरद्वारा भव्य होली मिलन कार्यक्रम सम्पन्न

नेपाल यादव सेवा समिति विराटनगरद्वारा भव्य होली मिलन कार्यक्रम सम्पन्न विराटनगर / नेपाल यादव सेवा समिति महानगर कार्यसमिति विराटनगर, मोरङ्गले आयोजना गरेको होली मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। होलीको अवसरमा शुभकामना आदान-प्रदान गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा यादव समुदायका करिब दुई सय जनाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल यादव सेवा समिति मोरङ्गका

एउटै नम्बर प्लेट भएका दुई भारतीय ट्रक विराटनगर भन्सारमा पक्राउ

विराटनगर भन्सार कार्यालयले एक अनौठो घटनामा एउटै नम्बर प्लेट भएका दुई भारतीय मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ। आर जे १४ जी एच ०४३६ नम्बर भएका यी दुवै ट्रक भारतबाट कावरा ग्रुप नेपालअन्तर्गत क्वालिटी केम प्रा.लि. को लागि कच्चा पदार्थ ल्याउँदै थिए। भन्सार अधिकारीहरूका अनुसार, एउटा ट्रक भन्सारबाट बाहिरिँदै गर्दा अर्को ट्रक सामान अनलोड गरेर फर्कन

यस वर्षको एसईई परीक्षा चैत ७ देखि, ५ लाख १० हजार परीक्षार्थी सहभागी हुने

काठमाडौं / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड का अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको हो। यद्यपि, परीक्षा फाराम भरे पनि सबै विद्यार्थी उपस्थित नहुने प्रवृत्ति विगतका वर्षहरूमा देखिएको छ। एसईई परीक्षा चैत ७ गतेदेखि १९

मेयर बालेनले हेरे ‘लाज शरणम्’, सिताराम कट्टेलको खुलेर प्रशंसा

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर तथा चर्चित र्‍यापर बालेन्द्र शाह (बालेन) ले आफ्नो पार्श्व गायन रहेको फिल्म ‘लाज शरणम्’ हेरेका छन्। सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हल मा फिल्म हेरेपछि उनले अभिनेता सिताराम कट्टेल (धुर्मुस) को अभिनयको खुलेर प्रशंसा गरे। फिल्म हेरेपछि बालेनले सितारामलाई अंगालो मार्दै भने, ‘यस्तो डिटेल दिनुभा’छ नि! कस्तो डिटेल दिया हो? लास्टै

मापसे चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन हस्तान्तरण

विराटनगर / विराटनगर वडा नम्बर ९ को बजेटबाट खरिद गरिएको मादक पदार्थ (मापसे) चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ । विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमरियाको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्साललाई मेयर नागेश कोइराला,

मेयर कोइरालालाई ट्राफिक व्यवस्थापनसम्बन्धी प्रतिवेदन हस्तान्तरण

विराटनगर / विराटनगरको ट्राफिक व्यवस्थापनका लागि महानगरको यातायात व्यवस्थापन समितिले मेगर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र नेउपानेको संयोजकत्वमा गठित समितिले सोमबार मेयर कोइरालालाई प्रतिवेदन बुझाएको हो । महानगरकी उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, मोरङका प्रमुख जिल्ला अधिकारी

हिमालय दर्शन कलेजमा एकहप्ते उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

विराटनगर / विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख भरत सापकोटा, मुख्य प्रशिक्षक कवि एवं पत्रकार मीनकुमार नवोदित, एचओडी म्यानेजम्यान्ट विभागका प्रमुख भूपाल मिश्र, आइटी विभागका प्रमुख सुमितकुमार