विराटनगर। झापाबाट बिरामी लिएर विराटनगरतर्फ आइरहेको एम्बुलेन्स बुधबार बिहान दुर्घटना भएको छ। दमक नगरपालिका–५ मा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पातालबाट बिरामी लिएर आउँदै गरेको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। तीव्र गतिमा रहेको एम्बुलेन्स अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाईडरमा ठोक्किएको प्रहरीले जनाएको
विराटनगर। स्वास्थ्य र वातावण जोगाउने अनि स्वदेशी ऊर्जा खपत गर्ने उद्देश्यले विद्युतीय चुलो महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन्। यस्तो चुलो प्रयोगमा सचेतनामूलक कार्यक्रम गरेर सहयोग समेत गर्ने अभियान चलाइएको छ। यसका लागि सरोकारवाला संस्था, विभिन्न तहका सरकारहरु, सामाजिक संस्था तथा उपभोक्ताबीच समन्वय अझ वृद्धि गरिनुपर्नेमा जोड दिइएको छ। विराटनगरमा आयोजित विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक
रङ्गेली / मोरङ्गको रङ्गेलीमा छोराद्वारा चक्कु प्रहार गरी बुवा गम्भीर घाइते भएका छन्। रङ्गेली–७ स्थित भाँडाकुँडाको पसल सञ्चालन गर्दै आएका चन्दन चौधरीलाई उनका ठूलो छोरा अशोक चौधरीले भान्सामा प्रयोग हुने चक्कु प्रहार गर्दा चन्दन गम्भीर घाइते भएका छन्। अशोकले सोमबार दिउँसो करिब ४:०० बजे आफ्नै पसल अगाडि बाटोमै खुलेआम सो घटना घटाएका हुन्। घटनाका क्रममा
विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो । जितको लागि टीएफसीका सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र
विराटनगर/ मोरङको धनपालथान गाउँपालिका-६ र ७, कदमाहा गाउँ मा भीषण आगलागी हुँदा तीन वर्षीय बालिकाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार, मो. हनिफकी छोरी रेश्मा (३ वर्ष) को आगोले जलेर घटनास्थलमै निधन भएको छ। आगलागीमा १२ घर परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय बासिन्दाका अनुसार सम्पूर्ण घरधुरी खरानीमा परिणत भएको छ, जसले
विराटनगर / असंगठित क्षेत्रमा कार्यरत महिला श्रमिकहरूको हक, अधिकार र सुरक्षाको विषयलाई लिएर “महिला श्रमिक सवालमा अधिकार र पहिचानका लागि अभियान” नामक नागरिक सञ्जालले तीनै तहका सरकारहरूलाई ७ बुँदे मागसहित ध्यानाकर्षण गराएको छ। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मोरङ जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकामा एकैदिन बुझाइएको ध्यानाकर्षण पत्रमार्फत कार्यस्थलमा हुने महिला हिंसा,
सुनवर्षी / मोरङको सुनवर्षी नगरपालिका–१ कमलपोखरीमा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। आइतबार साँझ प्याराडाइज बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ९ वर्षीया सन्जु परियारको मृत्यु भएको हो। प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेकी सन्जुलाई केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो। दुर्घटनापछि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि
विराटनगर/ महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको तयारीका बीच नेविसंघ (शेखर कोइराला समूह) का सभापति उम्मेदवार योगराज दाहालले निर्वाचन अधिकृतले समस्या समाधान नगरी जबर्जस्ती चुनाव गराउन खोजे आत्मदाह गर्ने चेतावनी दिएका छन्। निर्वाचनको मौन अवधि सुरु भइसकेपछि आइतबार पत्रकार सम्मेलन गर्दै दाहालले चुनावी प्रक्रिया अन्यायपूर्ण रहेको दाबी गर्दै तत्काल समाधानको माग गरेका हुन्।
विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १ –० गोलले निराश बनाउँदै फ्युजन फुटबल क्लब सेमिफाइलनमा पुगेको हो । जितको लागि फ्युजन फुटबल क्लबका
विराटनगर/ चलचित्र ‘डोरी’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार रिलिज गरिएको ट्रेलरमा अधिकांश पात्रहरूलाई प्रस्तुत गर्दै फिल्मको रहस्यपूर्ण कथावस्तु झल्काइएको छ। ट्रेलर चलचित्रको शीर्षक ‘डोरी’ वरिपरि घुमेको देखिन्छ। कथामा डोरीलाई शक्ति भएको वस्तु को रूपमा चित्रण गरिएको छ, जसलाई सबैले खोजिरहेका छन्। यही क्रममा आइपर्ने रहस्यमयी घटनाक्रम ट्रेलरमा देख्न सकिन्छ। साथै, ट्रेलरमा थ्रिल र