हिमालय दर्शन कलेजमा पब्जी प्रतियोगिता

विराटनगर/  विराटनगरस्थित हिमालय दर्शन कलेजले काठमाडौं उपत्यका बाहिर पहिलोपटक पब्जी प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीमा चौतर्फी ज्ञान वृद्धिसँगै क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । प्रतियोगितालाई अन्तरविद्यालय (प्लस टु)का रुपमा प्रतिस्पर्धा गराइने इभेन्ट म्यानेजर सददाव आलमले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २१, १५ र १०

दक्षिणी एशियाली साहित्यिक–सांस्कृतिक महोत्सवमा नवोदित सम्मानित

विराटनगर / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता

केआईसी इन्टर- कलेज हिजिरीजवाफ प्रतियोगिता २०८१ भव्य रूपमा सम्पन्न

विराटनगर/ लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा को आयोजनामा तथा हिसान मोरङ को सहकार्यमा सम्पन्न “केआईसी इन्टर – कलेज हाजिरीजवाफ प्रतियोगिता २०८१” शुक्रबार  उद्योग संगठन मोरङको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा अर्किड कलेज ले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भयो र रु. १६,१०० नगद, ट्रफी, मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्राप्त गर्‍यो।

प्रथम कोशी खेलकुद महोत्सव २०८१ लाई विवादमा पार्ने प्रयास असफल : सदस्य सचिव बस्नेत

विराटनगर/  कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेलकुद क्षेत्रमा अराजकता मच्याउने तत्वहरूले प्रथम कोशी खेलकुद महोत्सव २०८१ लाई विवादमा पार्ने प्रयास गरेको आरोप लगाएका छन्। विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको मैदानमा आयोजित कोशी प्रदेशस्तरीय कराँते प्रतियोगिता को उद्घाटन गर्दै बस्नेतले खेल क्षेत्रमा दादागिरी गर्ने र अनुशासन भंग गर्नेहरूले नियोजित रूपमा महोत्सवलाई

विकासमा दलित महिलाको मूलप्रवाहीकरण विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर/ दलित महिला सशक्तिकरण तथा समावेशीकरणका सवाललाई जोड दिँदै दलित महिलाको विकासका लागि विराटनगरमा बिहीबार प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दलित महिलाको मूलप्रवाहीकरण विषयमा विभिन्न सरोकारवालाबीच छलफल गरिएको थियो। दलित महिला संघ (फेडो) कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयका लैंगिक सम्पर्क बिन्दु, राष्ट्रिय योजना आयोग, जिल्ला समन्वय समिति, स्थानीय तहका

ग्रीन पीस एकेडेमीको वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सरिता कर्मकार , विराटनगर/ विराटनगर वडा नं. ६ स्थित ग्रीन पीस एकेडेमीले आफ्नो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमलाई विशेष आकर्षक बनाउन विद्यार्थीहरूले इनोभेटिभ साइन्स एक्जिबिसन र स्टेज शो प्रस्तुत गरेका थिए। विद्यालयले कक्षा १० सम्मको पठनपाठन सञ्चालन गर्दै आएको छ। यस अवसरमा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक परियोजनाहरू प्रदर्शन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरे। कार्यक्रममा

विराटनगरमा १२ विद्यालयबीच हाजिरजवाफ प्रतियोगिता हुँदै

बिराटनगर / लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले फागुन १६ गते मोरङ र सुनसरीका १२ विद्यालयबीच हाजिरजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। मंगलबार क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगितामा सामुदायिक २ र निजी १० विद्यालयको सहभागिता रहनेछ। सहभागी विद्यालयहरूमा शिक्षादीप, महेन्द्र, बिकेबिएम, अरनिको, सत्यनारायण, अर्किड (ए र बी), पोखरिया, ग्रीनल्याण्ड, मेरिल्यान्ड,

बिराटेश्वर शिव मन्दिरको शताब्दी महोत्सव भव्य रूपमा सम्पन्न

बिराटनगर/ बिराटनगर वडा नं २ मा अवस्थित ऐतिहासिक बिराटेश्वर शिव मन्दिर स्थापनाको १०० वर्ष पुगेको अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै शताब्दी महोत्सव भव्य रूपमा सम्पन्न गरिएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार, फागुन १२ गते सोमबारदेखि २४ घण्टे भजन-कीर्तन, झाँकी प्रदर्शन तथा नृत्य प्रस्तुति गरिएका थिए। त्यसैगरी, फागुन १३ गते मंगलबार दिउँसो ५

मकालुमा दक्षिणी एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुँदै 

विराटनगर / विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा मकालु प्लाटिनम जुबिली तथा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ । संखुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमामा नेपालसहित भारत, बंगलादेश र भुटानका स्रष्टाहरू सहभागी हुने आयोजकले जनाएको छ । यही फागुन १४, १५, १६ र १७ गते

लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठानद्वारा दुईजना पुरस्कृत 

विराटनगर / लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठानले खेलकुद र साहित्य क्षेत्रका दुईजनालाई नगदसहित पुरस्कृत गरेको छ । खेलकुदका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको भन्दै प्रतिष्ठानले क्रिकेटका प्रशिक्षक तथा खेलाडी विजयकुमार शर्मालाई नगद १ लाख १ हजारसहित पुरस्कृत गरेको छ । शर्मा पाँच दशकभन्दा लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय छन् । त्यस्तै साहित्यकार