पर्थमा नेपथ्यको कन्सर्ट भव्य सम्पन्न, प्रेम कहानीदेखि संगीतमय उत्साहसम्म

विराटनगर / चर्चित नेपाली ब्यान्ड नेपथ्यले अस्ट्रेलिया संगीत यात्रा २०२५ अन्तर्गत आफ्नो दोस्रो कन्सर्ट पर्थमा भव्य रूपमा सम्पन्न गरेको छ। स्थानीय मेट्रो सिटी हलमा आयोजित कार्यक्रममा नेपाली समुदायका सयौं दर्शक उपस्थित थिए, जसमा युवा जोडीदेखि परिवारसम्मको सहभागिता रह्यो। कन्सर्टको माहोल भावनात्मक पनि बन्यो, जब दर्शकमध्येका सौगात पौडेलले श्रीमती ममतासँग नाच्दै ‘अमृत दाइ धन्यवाद!’ भनेर चिच्याए।

विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज

विराटनगर/ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज सोमबार हुँदैछ। आजको खेल छिनोफानोपछि विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुग्छ कि चर्च ब्वाइज भन्ने टुंगो लाग्नेछ। यी दुई टिमबीचको खेल विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ः३० बजेपछि सुरु हुने छ। विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा आइपुगेको हो।

राप्रपाद्वारा काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना भुक्तान

विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।

दलित महिला संघ फेडोद्वारा विराटनगरमा ६ दिने उद्यमशीलता विकास तालिम सञ्चालन

विराटनगर/ दलित महिला संघ (फेडो) ले विराटनगरमा व्यवसायिक उत्प्रेरणा र विकासका लागि ६ दिने उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ। तालिममा ४० जना महिला सहभागी छन् भने प्रशिक्षकको रूपमा सुनिता छाराहाङ्गले प्रशिक्षण प्रदान गरिरहेकी छिन्। तालिमको उद्देश्य पिछडिएका महिला वर्गलाई आर्थिक सशक्तिकरण, मानव अधिकार र सामाजिक न्याय, नेतृत्व विकास, सामाजिक समावेशीकरण तथा लैंगिक उत्तरदायी मानवीय

सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प, यात्रुहरू समस्यामा

विराटनगर/ सुकेटार विमानस्थलमा हवाई सेवा सञ्चालन नहुँदा यात्रु समस्यामा परेका छन्। नेपाल वायु सेवा निगमका दुईवटा विमानमा समस्या आएपछि मंसिरयता उडान हुन सकेको छैन। एउटा विमान मर्मत भइरहेको र अर्काे पनि बिग्रिएर थन्किएको जनाइएको छ। लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारण आउजाउ गर्न पाएका छैनन्। केही वर्षअघि सुकेटारमा सीता र

उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा, कर्मचारीहरू पारिश्रमिकविहीन: सांसद तिमिल्सिना

विराटनगर/ राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छाडिएको आरोप लगाएकी छन्। उनले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको बताइन्। तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्। राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थल क्षेत्रमा ठूलो उपस्थिति

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह को स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आज ठूलो संख्यामा राजावादीहरू भेला भएका छन्। पूर्वराजा शाह अपराह्न पोखराबाट काठमाडौं फर्किँदै छन्। उनको स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन समेत विमानस्थल पुगेका छन्। लिङ्देन तिलगंगाबाट र्‍यालीसहित पूर्वराजाको स्वागत गर्न पुगेका हुन्। विमानस्थल क्षेत्रमा पूर्वराजाका समर्थकहरू झण्डा र

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर / पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ बसोबास गर्दै आएका ३५ वर्षीय सुरेश महतो रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर का अनुसार, शनिबार रत्ननगर–७, लौखानीस्थित चितवन एडभेन्चर होटल पछाडि महतोलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो। गोविन्दे नामक

नेपाली बजारमा सुनको भाउ बढ्यो, चाँदीको घट्यो

विराटनगर / नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रूपैयाँ पुगेको छ, जुन शुक्रबारको तुलनामा १०० रूपैयाँले वृद्धि भएको हो। शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७० हजार रूपैयाँ थियो। तर, चाँदीको मूल्य घटेको

विराट गोल्डकप: सेमिफाइनल समीकरण पूरा, चर्च ब्वाइज अन्तिम चारमा

विराटनगर / ९औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार विराटनगरस्थित शहीद रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। यसअघि नेपाल पुलिस, थ्रीस्टार र त्रिभूवन आर्मी सेमिफाइनलमा प्रवेश गरिसकेका थिए। अब सेमिफाइनलमा चर्च ब्वाइजले सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ। रिचर्ड