एनआरटी र चर्च ब्वाइज आमनेसामने, महिलाहरूका लागि आज प्रवेश निःशुल्क

विराटनगर। विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ। खेल सहिद रंगशालामा साँझ साढे ६ बजेपछि सुरु हुने आयोजकले जनाएको छ। आजको खेलमा जितहारको टुंगो लागेपछि प्रतियोगताको सेमिफाइनल समीकरण पूरा हुने छ। सेमिफाइनल खेल आइतबार सुरु हुने छ। यसअघि शुक्रबार राति सम्पन्न खेलमा थ्रीस्टार क्लब साबिक विजेता

प्रहरीको नक्कल गरी ठगी गर्ने व्यक्ति पक्राउ

रौतहट / प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति रौतहटबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने व्यक्ति गरुडा नगरपालिका-८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलम हुन्। आलमले आफूलाई घुमुवा प्रहरी भएको बताउँदै स्थानीय किसानहरूबाट रकम असुल्ने गरेको खुलासा भएको छ। उनको गतिविधिप्रति शंका लागेपछि प्रहरीको विशेष टोलीले अनुसन्धान गर्दै उनलाई

पूर्वराजा ज्ञानेन्द्रको पुनर्बहालीको माग गर्दै विराटनगरमा शक्ति प्रदर्शन

विराटनगर / नेपालका राष्ट्रवादी शक्तिहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका लागि नारायणहिटी दरबार खाली गर्न सरकारलाई चेतावनी दिएका छन्। साथै, संघीयता खारेजको माग गर्दै शुक्रबार विराटनगरमा शक्ति प्रदर्शन गरिएको छ। २०६२/६३ को जनआन्दोलनपछि गणतन्त्र घोषणासँगै नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरिएको थियो। तर, पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः गद्दीमा फर्काउने अभियानमा सक्रिय राष्ट्रवादी समूहहरूले नारायणहिटीलाई पुनः दरबार बनाउने अल्टिमेटम

झापाको चन्द्रगढी विमानस्थलबाट बोधिचित्तसहित एक जना पक्राउ

विराटनगर/ झापाको चन्द्रगढी विमानस्थलबाट बोधिचित्तसहित एक जना पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक स्थायी घर भई काठमाडौंको बौद्धमा बस्दै आएका ५२ वर्षीय सानुबाबु तामाङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार, बिहीबार राति विमानमार्फत काठमाडौं जान लागेका तामाङको झोलाबाट ११० थान बोधिचित्त माला र १५ किलो बोधिचित्त फेला परेको थियो। जाँचका क्रममा बरामद गरिएको बोधिचित्तको कुनै पनि कानुनी

जिल्ला अदालत काठमाडौँद्वारा ३३ करार कर्मचारी हटाइयो

विराटनगर /जिल्ला अदालत काठमाडौँले करारमा कार्यरत ३३ जना कर्मचारीलाई हटाएको छ। अदालतले फागुन २३ गतेदेखि लागू हुनेगरी राजपत्रांकित द्वितीय श्रेणीका डिट्ठा र तामेलदार पदमा कार्यरत कर्मचारीहरूको सेवा करार भङ्ग गरेको हो। अदालतका अनुसार लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति भएपछि करारमा रहेका कर्मचारीको सेवा समाप्त गरिएको हो। यससँगै न्याय समूहअन्तर्गतको कर्मचारी व्यवस्थापनमा सुधार आउने विश्वास गरिएको छ।

गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन- महासचिव पोखरेल

विराटनगर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र  नभएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुदै नहुने बताएका छन् ।  उनले भने,गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो ।

चलचित्र ‘माया प्रीति’का लागि कास्टिङ कल आह्वान, प्रमुख तथा सहायक कलाकारको खोजी

काठमाडौं / नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताए । चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी

‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ को पहिलो अडिसन सम्पन्न, १० प्रतियोगी छानिए

विराटनगर /एच्यु हेयर वेल ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ को पहिलो अडिसन सम्पन्न भएको छ। रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्राली द्वारा आयोजित प्रतियोगिताको पहिलो अडिसन रविभवनस्थित रोज ब्युटी एकेडेमीमा सम्पन्न भएको थियो, जसबाट १० प्रतियोगी छनोट भएका छन्। प्रतियोगिताको अर्को अडिसन फागुन २८ गते हुने आयोजकले जनाएको छ। प्रतियोगितामा उज्ज्वल मानन्धर प्रमुख

उदयपुरमा गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु

विराटनगर / उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु भएको छ। सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएका १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङ ले जानकारी दिएका छन्। बिहीबार साँझ गाईघाट बजारबाट

‘होस्टेल ३’ आजदेखि देशभर प्रदर्शनमा, युवामाझ उत्साह

काठमाडौं / बहुप्रतीक्षित नेपाली फिल्म ‘होस्टेल ३’ आज (शुक्रबार) बाट देशभर प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मलाई एकल प्रदर्शनको अवसर प्राप्त भए पनि देशभरका सबै हलमा सम्पूर्ण शो पाउन सकेको छैन। गत साता प्रदर्शनमा आएका ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिरिरि’ जस्ता फिल्महरूले अझै पनि धेरै हलमा आफ्नो उपस्थितिलाई कायम