सुनसरीमा कांग्रेसले जातीय बहुल्याताको आधारमा देलान टिकट ?

विराटनगर । मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने आकांक्षीहरु प्रशस्त देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मौखिक सहमति भए पनि प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको हो। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा

प्रहरी जवान आधारभुत तालिम १३९ औ समुहको दिक्षान्त समारोह सम्पन्न

विराटनगर। एक नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३९ औ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औ समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको

अनधिकृतरुपाम राखेका पसललगायत संरचना तत्काल हटाउन पुन: निर्देशन दिए

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनधिकृतरुपाम राखेका पसललगायत संरचना तत्काल हटाउन पुन: निर्देशन दिएका छन्। मेयर साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार क्षेत्रमा पुगेर अनधिकृतरुपमा राखेका पसललगायतका संरचना तत्काल हटाउन पुन: निर्देशन दिएका हुन्। नक्सापासमा रहेको मापदण्ड विपरीतको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार विभिन्न स्थानमा पुगेर अनाधिकृत संरचना हटाउन पुन: निर्देशन दिएको हो ।

विश्वकै भ्रष्ट प्रधानमन्त्री मध्ये पहिलो नम्बरमा ओली ,भ्रष्टचार लुकाउन पार्टी विभाजन

विराटनगर। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो झट्का लागेको छ। निर्वाचन नजिकिए संगै ओलीलाई ठुलो झट्का लागेको हो। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिसँगै ‘सुशासन, स्थायित्व र समृद्धि’ खुब चर्चित रह्यो । उनको तीन वर्षे शासनकाल भरि ‘भ्रष्टाचार गर्दिनँ र हुन दिन्‍नँ’ नारा बन्यो । तर भ्रस्टाचार बढी उनकै पालामा भइरहेको थियो कसैको ध्यान केन्द्रित

नेपालमा ठूलो भूकम्प पुनरावृत्तिको सम्भावना

भूकम्प पुनरावृत्तिको सम्भावित समय आएको भन्दै लुम्बिनी प्रदेशमा भूकम्पबाट हुने जोखिम न्यूनिकरणको विषयमा छलफल थालिएको छ । बुटवलमा आयोजित एक कार्यक्रममा ठूला तथा विनासकारी भूकम्प ५ सयदेखि ७ सय वर्षमा पुनरावृत्ति हुने त्यसका अनुसन्धानकर्ताहरुले विश्लेषण गरेका हुन् । पश्चिम नेपालमा पछिल्लो सयम सन् १५१५ मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै पूर्वी नेपालमा

आमाले चितुवाको मुखबाट छोरा खोसिन्

तनहुँ। जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर बालकलाई आक्रमण

एक रेलवे स्टेसनमा रुसले गरेको रकेट आक्रमणमा परी २२ जनाको मृत्यु

किभ। युक्रेनले आफ्नो एक रेलवे स्टेसनमा रुसले गरेको रकेट आक्रमणमा परी २२ जनाको मृत्यु भएको र लगभग ५० जना घाइते भएको बताएको छ । रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमा यो आक्रमण भएको हो । आक्रमण पूर्वी सहर च्याप्लिनमा भएको हो। त्यहाँ एक गाडीमा सवार पाँच जनाको गाडीभित्रै जलेर मृत्यु भएको बताइएको

विश्व हिन्दू परिषद् नेपालद्वारा ६ महिने सिलाई प्रशिक्षण

काठमाण्डौ । मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन । आर्थिक रुपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको हो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको छ

आधा दामको सच्चाई

व्यवसायको तरिका फरक फरक हुनु कुनै नौलो कुरा होइन । तर आम सोचाई भन्दा फरक किसिमको पोलिसी भनौ शर्त राखेर व्यवसाय हुनु वा गर्नु आम मानिसको लागि चासोको विषय नहुने त कुरै भएन । आज हामी विराटनगरमा अलि फरक धार अझ भनौं फरक किसिमको शर्त राखी शुरु भएको व्यवसायको बारेमा कुरा गर्ने छौं । यहाँको

देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

विराटनगर। आज देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको अनुसार प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।हाल मनसुनको न्यूनचापीय