प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द

काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको छ । आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपालसँग जोडिएका सीमा नाका बन्द गरिएको हो। यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए । निर्वाचन हुनु

थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ७७८ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७७८ नमूनाको परीक्षण गर्दा ८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको

निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति;गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण

विराटनगर। निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ । उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा २४ घन्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो । आयोगले यसअघि

उपचार केन्द्रबाट भागेका एक जना कैदी झापाबाट पक्राउ

विराटनगर। विराटनगरको क्षयरोग उपचार केन्द्रबाट डेढ महिनाअघि भागेका एक जना कैदीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । झापा गाउँपालिका–५ शरणामतिका २८ वर्षीय राजकुमार हेमरनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भएका हेमरन विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका थिए । अदालतले

पार्टी जोगाउन लग्दा छोरा नाति जोगाउन नसकेको ८१ वर्षीय तुलसीरामको गुनासो

मोरङ । यति बेला देश भर चुनावी माहौल छ । चिया पसल देखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याई नभ्याइ छ । यता मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ । उनले जीवन भर पार्टीको लागि काम गर्दा पार्टी जोगिएको तर आफ्ना छोरा नाति जोगाउन

गरीब परिवारबाट राजनीतिमा आएको हुँ, झुठको खेती गर्न कहिल्यै आएन’ : सीताराम मेहता

विराटनगर। नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले आँफू किसान परिवारबाट राजनीतिमा उदाएको मान्छे भएकाले झुठको खेती गर्न नआउने बताएका छन् । बिहीबार चुनावी प्रचारप्रसारपछि इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता मेहताले आँफू गरीब, किसान परिवारबाट राजनीतिमा उदाएकाले झुठको खेती गर्न नआएको बताएका हुन् । ‘मलाई गरीबका नेता पनि भन्छन्,

चितवनमा नेपाली काङ्ग्रेस उम्मेदवारको गाडी तोडफोड

चितवन। चितवन क्षेत्र नम्बर २ का नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च २०५० नम्बर को गाडीमा तोडफोड भएको हो । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा चितवनका कार्यकर्ताले गाडी तोडफोड गरेका हुन्। डीएसपी नरहरि

भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेको ठाउँमा ‘तोरी खेती’

विराटनगर। मोरङको सुन्दरहरैचा– ११ कर्जुनामा प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण अलपत्र बनेको छ । तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालले शिलान्यास गरेको उक्त ५० शय्याको प्रादेशिक सरुवा अस्पताल अलपत्र परेको हो । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको १४ बिघा जग्गा मध्ये ५ बिघा क्षेत्रफलमा उक्त अस्पताल बनाउन प्रतिष्ठानले अनुमति

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

चितव। चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिङ्गे गैँडा मेरका छन् । एउटा गैँडाको प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट आदि) कारणबाट र