नेकपा विप्लव समूहका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरे

काठमाडौं। नेकपा विप्लव समूहका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्। नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका

नागरिकता विधेयक संघीय संसदबाट हुबहु पारित गरेर राष्ट्रपतीय संस्थाको अवमूल्यन:अध्यक्ष थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक संघीय संसदबाट हुबहु पारित गरेर राष्ट्रपतीय संस्थाको अवमूल्यन भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले राष्ट्रपतिले सुझावसहित नागरिकता विधेयक फिर्ता पठाएपनि त्यसलाई पुनः हुबहु पारित गरेर राष्ट्रपतीय संस्थाको अवमूल्यन भएको बताएका हुन्। उनले गठबन्धन दलले नागरिकता विधेयक हुबहु पारित गरेर मुलुकलाई अप्ठेरोमा धकेल्न खोजेको

एक युवाले एकै परिवारका तीन जनाको हत्या गरे

उदयपुर। उदयपुरको बेलका नगरपालिका—७ गौधाटारमा एक युवाले शुक्रबार एकै परिवारका तीन जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। घरबाट खेती गर्न जाँदै गरेका स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षिया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या भएको हो। हत्यालगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला

कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब १२ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ५ को मृत्यु भइसकेको छ। यो कूल संक्रमितको १.२ प्रतिशत हो। कोरोना सुरु भएयता पीसीआर विधिबाट ५८ लाख ९३ हजार ५३० र

कक्षा १२ को परीक्षाफल प्रकाशित

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन

देवानगंज गाउँपालिकामा म्याद सकिएको सामान खुलेआम विक्री वितरण हुँदै

विराटनगर । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेको विशाल सप्लायर्सको कर्तुत बाहिरिएको छ । सप्लायर्सले म्याद सकिएको समानहरु खुल्लेयाम बेचिरहेको कर्तुत बाहिरिएको हो । शुक्रबार एक उपभोक्ताले एक प्याकेट चिउरा किन्दा ९ महिना पहिले म्याद सकेको चिउरा दिएको स्थानीय दिपक कुमार मेहताले बताए । मेहताका अनुसार एनआइसी एसिया बैंकका कर्मचारी सुरज मुखियाले विशाल

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर। सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। धरान उप-महानगरपालिका-८ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान-८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान-१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन । हिजो अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको

बालेनको आँखा होर्डिङ बोर्ड तिर

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका

मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने:राप्रपा नेपाल थापा

काठमाडौं। राप्रपा नेपालले मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गरेर मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ। राप्रपा नेपालको बिहीरबार बसेको सचिवालय बैठकको निर्णयअनुसार मेचीको काँकडभिट्टाबाट हुने मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासमा पुगी काठमाडौं आएर समापन हुनेछ। यस्तै विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं

स्व. नेता प्रदीप गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गर्नुपर्ने : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले स्व. नेता प्रदीप गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गरेर अगाडि बढ्ने बताएका छन्। कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य स्व. प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन्। उनले भने, ‘स्व गिरीको भौतिक शरीर हामीमाझ नरहे पनि उनको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले