नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिए

विराटनगर । मोरङको क्षेत्र नं. ४ को मगणनामा नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको २१४० मतमा मोदीले ११४७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार विनोद ढकालको ६२९ मत छ । अहिले कटहरी ४ को एउटा केन्द्रका मतगणना सम्पन्न भएको छ ।

चितवन क्षेत्र-२ को मत परिणाम अनुसार नेकपा एमालेको अग्रता

चितवन । चितवन क्षेत्र-२ को मतगणना जारी छ । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार चितवन-२ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका कृष्णभक्त पोखरेल २०७ मतसहित अग्रस्थानमा छन् । त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठ १२६ मतसहित पोखरेललाई पछ्याउँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा रवी लामिछाने भने ३२ मतसहित तेस्रो पोजिसनमा छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना सुरु

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना सुरु भएको छ । विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा ती तीन क्षेत्रको मतगणना सुरु गरिएको हो । आइतबार बिहान सर्वदलीय बैठक बसेर मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरिएको थियो । त्यसैअनुसार दलका प्रतिनिधि, उम्मेदवार, तिनका प्रतिनिधिलगायतको उपस्थितिमा मत गन्न थालिएको छ

काठमाडौं क्षेत्र नम्बर ४ को मतपरिणाम अनुसार गगनकुमार थापाले अग्रता

काठमाडौ। काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार गगनकुमार थापाले अग्रता लिएका छन् । मध्यान्न १२ बजेसम्मको मतगणना अनुसार कांग्रेसका उम्मेदवार थापाले ६६८ मत ल्याएका छन् । १५११ उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ६३३ मत ल्याएका छन् । काठमाडौं ४ मा अहिले बुढानिलकण्ठ नगरपालिकाको मतगणना भइरहेको छ । यो

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सुरुआती अग्रता

बिराटनगर। मधेश प्रदेशको सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सुरुआती अग्रता देखिएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको र प्रारम्भिक मतगणनामा नौ सय मतमध्ये

प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन २०७९ बिराटनगर–१२ महेन्द्र मोरङ क्याम्पस बुथ

प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन २०७९ बिराटनगर–१२ महेन्द्र मोरङ क्याम्पस बुथ 2079

मोरङ निर्वाचन क्षेत्र नं. ६ (क) करैया मतदान केन्द्र को बुथ (क) मा बम विस्फोट

मोरङ निर्वाचन क्षेत्र नं. ६ (क) करैया मतदान केन्द्र को बुथ (क) मा बम विस्फोट यस केन्द्रको पुनः जाँच पछि मतदान शुरु हुने ः सुरक्षाकर्मी अब यो केन्द्रमा मतदान हुँदैन ः स्थानीय

उदयपुरको दुई ठाउँमा अज्ञात समुहले बम विस्फोट गराए

उदयपुर। निर्वाचनलाई बिथोल्ने गरी शुक्रबार राती उदयपुरको दुई ठाउँमा अज्ञात समुहले बम विस्फोट गराएको छ। निर्वाचनको समय दुई दिन बाँकी छँदा उदयपुरगढी गाउँपालिकाको वडा नं ७ र ८ को मध्यभागको जंगल र त्रियुगा नगरपालिका १६ को जंगलमा बम विस्फोट भएको हो। दुई ठाउँमा बम विस्फोट भए पनि सुरक्षा निकायले भने उदयपुरगढीमा भएको विस्फोटको मात्र पुष्टि