वरिष्ठ पत्रकार किशोर नेपाललाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे । उनले तीनै तहको सरकारमा

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा

विराटनगर / चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न विधाका पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कारको घोषणा गरेको हो । १ लाख ५१ हजार नगद राशिको धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरिने भएको छ । बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय

९२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच

विराटनगर / विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—११ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरमा

मनमोहनमा कानुनमा एलएलबीको पढाई सुरु

मनमोहनमा कानुनमा एलएलबीको पढाई सुरु विराटनगर , १४ माघ । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाई सुरु भएको छ । विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल ’ अन्तर्गत व्यावस्थापन कानुन ‘विविए एलएलबी’ स्नातक तहको पढाई औपारिक रुपमा सोमवारदेखी सुरु भएको हो । सोमवार विश्वविद्यालयले कानुन अध्यन गर्न भर्ना भएका विविए

किड्जी स्कुलमा खेलकुद कार्यक्रम सम्पन्न, विद्यार्थीको उत्साहजनक सहभागिता

विराटनगर/ बिराटनगर स्थित बर्गाछीमा रहेको किड्जी स्कुलमा आज विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहन प्रदान गर्न तथा उनीहरुको शारीरिक र मानसिक विकासमा योगदान पुर्‍याएको छ। कार्यक्रममा क्रिकेट, कबड्डी, स्पोन एण्ड मार्बल रेस, स्याक रेस, सु टाई रेस लगायतका खेल प्रतियोगिता समावेश गरिएका थिए। कक्षा १ देखि कक्षा

प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन, लक्ष्मी फुयाल स्मृति पत्रकारिता पुरस्कार मुडियारीलाई

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान रहेका छन् ।

महानगरको समन्वयमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर/ विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । बिहीबारदेखि सुरु शिविरको पहिलो दिन विराटेश्वरमा १२ जनाले

अनुगमन समितिद्वारा मेयर कोइरालालाई बुझायो प्रतिवेदन अधिकांश रात्रीकालीन व्यवसाय मापदण्डविपरीत सञ्चालन

विराटनगर/ रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख

‘नर सेवा नारायण सेवा’ संस्थाद्वारा १५ महिना देखि कोशी अञ्चल अस्पतालमा निःशुल्क भोजन वितरण

विराटनगर/ विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा ‘नर सेवा नारायण सेवा’ संस्थाले निःशुल्क खाना खुवाउने अभियान सफलतापूर्वक १५ महिना पुरा गरेको छ। अस्पतालका मेसु रुना झा र अन्य डाक्टरहरूले आज बिहान भोजन वितरण स्थलको निरीक्षण गरेका छन्। निःशुल्क भोजन व्यवस्थाबाट अस्पतालका बिरामी तथा कुरुवाहरू लाभान्वित हुँदै आएकोमा अस्पताल प्रशासनले खुसी व्यक्त गरेको छ। संस्थाका सदस्य देवकी

विराटनगरको सरसफाई अभियानमा अग्रवाल सभाको सक्रियता: महानगरलाई सरसफाई मोबाइल एम्बुलेन्स रिक्सा हस्तान्तरण

विराटनगर / विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरुले समेत चासो देखाउन थालेका छन् । पछिल्लो समय विराटनगर धेरै नै सफा र सुन्दर देखिएको बताउँदै नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा हस्तान्तरण गरेको छ । सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउन महानगरलाई रिक्सा हस्तान्तरण गरेको सभाले जनाएको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा