काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक निकाय क्यानले परीक्षण गरेको हो। क्यानका प्रवक्ता जगन्नाथ निरौलाले आज साँझ विज्ञप्ति जारी गर्दै पोखरा विमानस्थल नजिक भएको यती एयरलाइन्सको विमान दुर्घटनापश्चात्
बेइजिङ। चीनको ल्याओनिङ प्रान्तको फानजीनमा केमिकल प्लान्ट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ। ८ जना बेपत्ता छन्। साथै ३४ जना घाइत भएका छन्। जसमा चार जनाको अवस्था गम्भीर छ। स्थानीय समयअनुसार आइतबार १ बजेर २५ मिनेट जाँदा यो घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सीसीटीभीले सार्वजनिक गरेको भिडियो र
सुर्खेत। जुम्ला बजारबाट पातरासी गाउँपालिकाको लासी जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको घटनस्थलमै मृत्यु भएको छ। सोमबार अपरान्ह ४:०० बजे, पातरासी गाउँपालिका-६ ग १ ज ४०३५ नम्बरको जीप कोटाभिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी निरीक्षक यम बहादुर बुढा मगरले बताए। उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा पातरासी गाउँपालिका-१ खालाढिक बस्ने छोजुम लामा रहेकी छन्।
वीरगन्ज। पर्साको पर्सागढी नगरपालिका-३ बढ्निहारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन्। सोमबार दिउँसो बढ्निहारका भागवत साहको घरमा जुवातास खेल्दै गरेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। साहको घरमा सोमबार दिउँसो प्रहरीले छापा मारेर पूर्व वडाध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरी लगायत १० जना जुवाडेलाइ पक्राउ गरेको हो।
काठमाडौं। थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९७२ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४२५ र एन्टीजेनबाट ५४७ जनाको परीक्षण गर्दा ५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ३ जना संक्रमित निको भएका छन्। हाल
विरानगर। हलेसी महिला सशश्क्तिकरण सेव केन्द्रले ७५ वर्ष देखि १०५ वर्षसम्मका जेष्ठ नागरिक र एकल महिलाहरुलाई सम्मान गरिएको छ। जाडो र शिलाहर बढेको कारण विराटनगर महानगर पालिका वडा नम्बर ८ बिश्वकर्मा चोक स्थित एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा कम्मल दिई सम्मान गरिएका छन् । १६ जना जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेका हुन्
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९-एन-एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना थिए ।
पोखरा। पोखरामा आइतबारको मौसम उडान योग्न नै थियो। ६८ यात्रु र चालक दलका ४ सदस्यसहित काठमाडौंबाट उडेको यती एयरलाइन्सको कल साइन नाइन एन–एएनसी (एटीआर ७२) विमानले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमाथिको आकाश पार गरिसकेको थियो। विमानस्थलको टावरसँग पनि सम्पर्क भयो। टावरका प्राविधिक र पाइलटबीच जहाज पश्चिमतिर फन्को मारेर फर्कने जानकारी साटासाट भयो। सोहीअनुसार जहाज अगाडि बढ्यो।
काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । कमपनीको ९एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि
विराटनगर। सुनसरीको पानवारी धरान स्थितमा रहेको आसरा सुधार केन्द्रमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा दिवा खाजा बितरण गरिएको छ । “सेवा नै धर्म हो” भन्ने भावनाका साथ आज दिउसो भएको कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष एवं आसरा सुधार केन्द्रको संरक्षक श्रीमती कल्पना गिरी, महासचिव श्रीमती अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा