विराटनगर/विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो कार्यकालमा सुरु गरेका एक दर्जनभन्दा बढी ठूला बहुवर्षीय योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ । सीमित स्रोत र साधनको बाबजुत महानगरवासीको असीमित चाहना पूरा गर्न लागिपरेको उहाँको भनाइ थियो । कोइरालाले विराटनगरको विकासमा अहोरात्र खटिँदासमेत महानगरवासीले जस नदिने गरेको गुनासोसमेत गर्नुभयो । विराटनगर महानगरपालिकाको समन्वयमा मकालु टेलिभिजनले
विराटनगर / विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत विद्यालय तृतीय र श्री मावि कञ्चनबारीले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय
विराटनगर / गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडासहित स्टेशनरी सामग्री वितरण गरेको छ । प्रतिष्ठानले खोटाङ जिल्लाको दिप्रुङ–चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ इँजारास्थित श्री राम्चे निकेतन माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयमै पुगेर न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कवि एवं पत्रकार मीनकुमार नवोदितले जानकारी
विराटनगर/ विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षासेवी प्राध्यापक कृष्ण पोखरेलसहित कलेजका शिक्षकलाई सम्मान गरेको छ । वार्षिकोत्सवका अवसरमा कलेजले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान गरेको भन्दै शिक्षासेवी पोखरेललाई सम्मान गरेको हो । कार्यक्रममा कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मानित पोखरेल त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजमा ३८ वर्षभन्दा
विराटनगर/ विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित सिद्धार्थ बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । दोस्रो चरणमा बाँकी
विराटनगर/ विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१ को आयोजना गर्ने जिम्मेवारी उद्योगी नविन रिजाल लाई प्रदान गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रहेका रिजाललाई विराट गोल्डकप फुटबल ट्रष्ट ले संयोजकको रूपमा चयन गरेको हो। फागुन १९ देखि २८ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगिता फ्लडलाइटमा दिवा-रात्रिकालीन खेलका
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–३ बासबारीमा श्रीमद् भागवत धनधान्याचल सप्ताह महापुराण महायज्ञ तथा आध्यात्मिक ज्ञान महोत्सव २०८१ जारी छ। माघ १७ गतेदेखि सुरु भएको महायज्ञ माघ २४ गते समापन हुने छ। स्थानीय आपुर्बी लिचेश्वर महादेव मन्दिरलाई व्यवस्थित गर्न तथा पुनर्निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले सप्ताह महापुराणको आयोजना गरिएको समितिका सचिव हृदयानन्द राजवंशी (हिप्पु) ले
विराटनगर/ विराटनगर स्थित जलजला चोकमा फिटनेस र नृत्य प्रेमीहरूका लागि‘डेजल प्रोडक्सन हाउस प्रा. लि.’ संचालनमा आएको छ। करिब २ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको यो संस्थानले आधुनिक जिम तथा नृत्य प्रशिक्षणलाई व्यवस्थित, वैज्ञानिक र प्रमाणित रूपमा प्रदान गर्ने लक्ष्य राखेको छ। डेजल प्रोडक्सन हाउसमा जिम, जुम्बा, साल्सा, हिपहप, क्लासिकल लगायत विभिन्न नृत्य शैलीको प्रशिक्षण प्रदान
विराटनगर/ गंगटोक, सिक्किम – प्रथम सिक्किम ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा न्यू सेप कराते एकेडेमी, बुढीगंगा का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाएका छन्। प्रतियोगितामा नेपाली टोलीले १२ स्वर्ण, ५ रजत, र ४ काँस्य पदक जितेर ऐतिहासिक सफलता हात पारेका छन्। स्वर्ण पदक विजेता (कुमिते तर्फ) १. सायर भट्टराई 2. परस रिजाल 3.
विराटनगर। हत्या गरेर गाडेको अवस्थामा एक बालिकाको शव फेला परेको छ। विराटनगरमा महानगरपालिका–५ स्थित एउटा घरको पछाडि बारीमा गाडेको अवस्थामा १४ वर्षीया चाँदनी यादवको शव भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेजस्तो देखिन्छ। शव उत्खनन गरेर पोस्टमार्टमका लागि पठाउने तयारी प्रहरीले गरेको छ। विभिन्न कोणबाट घटनाको अनुसन्धान