केआइआइटी विश्वविद्यालयमा नेपाली छात्राको हत्या प्रकरण: ७५ विद्यार्थी नेपाल फर्किए

विराटनगर/ ओडिशास्थित केआइआइटी (KIIT) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको हत्या प्रकरणपछि त्यहाँ अध्ययनरत ७५ जना विद्यार्थी नेपाल फर्किएका छन्। बुटवलकी २० वर्षीया लम्साल आइतबार साँझ मृत फेला परेकी थिइन्। उनले आफूलाई एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन्। तर, विश्वविद्यालय प्रशासनले कुनै गम्भीरता नदेखाएको विद्यार्थीहरूको आरोप

विराट गोल्ड कपलाई नाफामा लैजान दर्शकको उपस्थिति अपरिहार्य – संयोजक रिजाल

विराटनगर/ विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक नविन रिजालले प्रतियोगितालाई नाफामा लैजान दर्शकहरूको उपस्थिति अनिवार्य रहेको बताएका छन्। लगातार दुई संस्करणदेखि घाटामा रहेको प्रतियोगिता पुनः नाफामा ल्याउन आवश्यक रणनीति अपनाइने उनले बताएका छन्। यसअघि, विराटनगर महानगरपालिकाले आयोजना गरेको ७औं संस्करण र विराट गोल्ड कप फुटबल ट्रष्टले आयोजना गरेको ८औं संस्करण घाटामा गएको थियो।

नेकपा माओवादी केन्द्रले २०८४ को निर्वाचनलाई लक्षित गरी जनजागरण अभियान सुरू गर्ने

झापा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी २०८४ सालको संसदीय निर्वाचनमा २०६४ सालको चुनावी नतिजा दोहोर्‍याउने लक्ष्यसहित ‘माओवादी तराई-मधेस जनजागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ। पार्टीको कोशी प्रदेश समिति बैठकपछि केन्द्रीय उपमहासचिव एवं प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जनयुद्धपछिको पहिलो संविधान सभा निर्वाचनमा जस्तै परिणाम ल्याउने गरी पार्टी अघि बढ्ने बताएका छन्। उनले पार्टीलाई

लाईफ गार्ड अस्पतालमा पेट रोग विशेषज्ञ डा. मोहन खड्काको स्वागत

विराटनगर / विराटनगरको बरगाछीस्थित लाईफ गार्ड अस्पतालले पेट रोग विशेषज्ञ डा. मोहन खड्कालाई औपचारिक रूपमा स्वागत गरेको छ। अस्पतालका प्रबन्धक निर्देशक ईन्द्र भुजेलले खादा लगाएर डा. खड्कालाई स्वागत गरेका हुन्। डा. खड्काले पाचन प्रणाली तथा पेटसम्बन्धी कुनै पनि रोगको उपचार गर्ने जानकारी गराउँदै इन्डोस्कोपी प्रविधिबाट विभिन्न रोगहरूको पहिचान र उपचार गर्ने बताए। विशेष गरी मुखमार्फत

नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर/ नोना कोइराला स्मृति प्रतिष्ठान, बूढीगंगा गाउँपालिका र केएचडीसी नेपालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित नरग्राम माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले उद्घाटन गर्नुभयो । कोइरालाले आफ्नो प्रेसर र सुगर जाँच गरेर शिविरको उद्घाटन गर्नुभएको हो । ग्रामीण क्षेत्र र आर्थिक

कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगर दोस्रो

विराटनगर/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ विराटनगर महानगरपालिका दोस्रो भएको छ । ६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका साथ दोस्रो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे÷नगरेको, पारित गरे÷नगरेको, खर्च अवस्था, बेरुजु, लेखा

आदिवासी जनजातिमा सुचिकृतका लागि दबाब सिर्जना गरौं

, विराट राजवंशीको एकता, ऐक्यबद्धता र प्रतिबद्धताका लागि विराटनगरमा भेला हौं’ भन्ने मूल नाराका साथ विराट राजवंशी समाज उत्थान केन्द्रीय समितिले विराटनगरमा ‘विराट राजवंशी समुदायको १८ औं बृहत भेलामा जोश, जाँगर, उत्साह र उमंगका साथ सहभागी भई दिनु हुन हार्दिक अपिल गर्दछौं महाभारतकालमा मत्स्य देशका विराट राजासँग जोडिएको विराट राजवंशी समुदाय पूर्वी तराईको मूल आदिवासी

विराटनगरमा ‘च्याम्पियनस् कराते एकेडेमी’ सञ्चालनमा

विराटनगर/ मोरङको विराटनगर महानगरपालिका वडा नं. ७, जलजला चोकस्थित ढाडेवाल गल्लीमा ‘च्याम्पियनस् कराते एकेडेमी’ २०८१ साल मंसिर २१ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। एकेडेमीका सञ्चालक सुरज कामतका अनुसार यस एकेडेमीको मुख्य उद्देश्य बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरूलाई दक्ष खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराई देशको नाम उज्जवल बनाउनु हो। हाल एकेडेमीमा आईतबारदेखि

अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न

विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले समापन गर्नुभयो । दुईदिनसम्म सञ्चालन भएको अभिमुखीकरणमा १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी भएका थिए । उनीहरुलाई अनलाइन डाटा इन्ट्री, वडामा डाटा इन्ट्री गरिसकेपछि जिल्ला प्रशासन कार्यालय पठाउने तरिका, नयाँ

विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै एक दर्जन ढुंगाको ढक–तराजु नियन्त्रण

विराटनगर / विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ । उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो । बिहीबार