सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटे

विराटनगर । नेपाली सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेर एक लाख नौ सय तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख एक हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार सय छ ।

शक्ति स्वरुप पाथिभरा देवीको उत्पत्ती :गोठालाहरु संगको सम्बन्ध ,रगत वली स्थलमा झर्ना साथ वालुवामा पानी हराएझै हराउनु

विराटनगर। नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ एक धार्मिक पृष्ठभूमि बोकेको तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो । पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै नागवेली झै घुमेको बाटो पार गर्दैै प्रवेश गरिने जिल्ला ताप्लेजुङ साच्चिकै धार्मिक सांस्कृतिक तथा प्राकृतिक दृश्यले दुलही जस्तै सिगारिएको छ |सवैको मन मस्तिष्कमा हरपल

प्रधानमन्त्री ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवास सरे

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवास सरेका छन्। उनी बुधबार साँझ सरकारी निवास सरेका हुन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन्। माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड नेकपा एमालेसहित सात दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेका थिए। उनले ८ सदस्यीय मन्त्रिपरिषद्

साताको पहिलो कारोबार दिनदेखि लगातार उकालो लागेको सेयर बजारमा बुधबार करेक्स देखिए

काठमाडौं। साताको पहिलो कारोबार दिनदेखि लगातार उकालो लागेको सेयर बजारमा बुधबार करेक्स देखिएको छ। नयाँ सरकार गठन भएसँगै सेयर बजारमा चमक देखिएको थियो। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलले पद बहालीपछि पुँजी बजार सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका थिए। सेयर बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया भएपनि सरकार गठनसँगै सेयर बजार

छोरीको असली भाग्य बिहेपछि थाहा हुन्छ: प्रेम बिनाको सम्बन्ध

देवानगञ्ज । सामाजीक बिकृती हटाउने सोच लिएर हिडेको छु ,पक्कै पनि पढेर साथ दिनु हुनेछ जतिसक्दो सेयर पनि गरिदिनु होला ,आमा म अहिले बिहे गर्दिन , छ‍ोरीले भनिन , आमा : यत्तिको घर पाउदा नि के भएको त? छोरी : पढ्छु के आमा ! आमा : उनिहरुले पढाइ’दिन्छन, तैले बिहे गर्नै पर्छ । छोरीले अब

निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडे

काठमाडौं। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेका छन्। देउवा बुधबार बिहान बालुवाटारबाट निस्किएका हुन्। बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकाले देउवा धुम्वाराहीस्थित भाडाको घरमा सरेका हुन्। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि बुधबार मात्रै देउवाले बालुवाटारस्थित सरकारी निवास छाडेका हुन्।

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय

काठमाडौं। नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय छ । यसको

मेवाको पात देखि बिउ सम्म मानव शरीरको विभिन्न रोगहरुको ओषधि

मेवाको पात देखि बिउ सम्म मानव शरीरको विभिन्न रोगहरुको ओषधि हो। यसले विभिन्न रोग संग लड्ने क्षमाता प्रधान गर्छ । इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ। खतरनाक रोगहरुबाट छुटकारा पाउनमा मदत पुर्याउछ। मेवाको पात सेवन गर्नाले हुने फाइदाहरु: १. शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो

प्री ओपन सेसनमा नेप्से परिसूचक ७.८५ अंकले बढे

काठमाडौं। प्री ओपन सेसनमा नेप्से परिसूचक ७.८५ अंकले बढेर १९९१.८० विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा बन्द भएको थियो। प्री ओपन सेसनमा २८ कम्पनीको ३६८२ कित्ता सेयर १३ लाख १३ हजार ६१२ रुपैायाँमा खरिदबिक्री भयो। यो समयमा ५२ पटक सेयर कारोबार भयो। सोही सेसनमा २२ कम्पनीको कारोबार

चितुवाको आक्रमण वनका ३ कर्मचारी सहित १३ जना घाइते

नयाँ दिल्ली। भारतमा आसामको जोरहाटमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा ३ वनकर्मी पनि छन्। जोरहाटका एसपी मोहनलाल मीनाका अनुसार चितुवाको आक्रमणमा घाइते भएका सबै खतरामुक्त छन्। उनले भने, ‘चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा तीनजना वनकर्मी रहेका छन् ।’ घाइते सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको एसपी