हुँगा खोलामा एक बेवारिसे शव फेला परे

सोलुखुम्बु। सोलुखुम्बुको सोताङ गाउँपालिका ५ स्थित हुँगा खोलामा एक बेवारिसे शव फेला परेको छ। सोताङ गाउँपालिका ४ र ५ हुँदै बग्ने उक्त खोलाको ढुङ्गाको छेउमा सडिसकेको अवस्थामा बिहीबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार बिहीवार साँझ करिब ५ बजे स्थानीयले शव भेटिएको बारे इलाका प्रहरी कार्यालय सोताङमा खबर

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा पार्टीको प्रदेश सभापति थापा विजयी

विराटनगर। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन्। पार्टीको प्रदेश सभापतिसमेत रहेका थापा १८ मत ल्याएर विजयी भएका हुन्। दलको नेतामा उम्मेदवारी दिएकामध्ये प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले २ मत ल्याएका छन्। प्रदेशमा कांग्रेसका २९ जना प्रदेशसभा सदस्य थिए। आकांक्षीले दाबी

मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न निर्देशन दिएका छन्। बिहीबार नै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालयमार्फत मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्री र अर्थमन्त्रीबीच हिजो छलफल भएको थियो। प्रधानमन्त्रीज्यूले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न अर्थ

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरे

काठमाडौं। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित

ल्होसारको शुभकामना दिंदै पर्वले आपसी सम्बन्ध बढाउँछ:प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताए। नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित भएको बताए।

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक:आमा हिराबेन मोदीको १०० वर्षको उमेरमा निधन

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको १०० वर्षको उमेरमा निधन भएको छ । बुधबार हिराबेनको स्वास्थ्यमा समस्या आएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीकी आमा हिराबेनको स्थानीय समयअनुसार शुक्रबार (डिसेम्बर ३०) बिहान ३:३० बजे निधन भएको हो । प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनबारे ट्विट गर्दै भगवानको

चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरे

काठमाडौं । चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंक (२.८८

बुटवलका डीएसपी केसी निलम्बित

काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि

विराटनगर सुपर किङ्ग्ससँग नेपाल टी २० लिगमा पोखरा एभेन्जर्स पराजय

काठमाडौं। राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको अविजित अर्धशतकप्रेरित विराटनगर सुपर किङ्ग्ससँग नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो पराजय बेहोरेको छ। बुधबार पनि विराटनगरसँगै ६ विकेटले हारेको पोखरा लिगको पाँच खेलमा पनि जितविहीन बनेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेका पोखराले ६ विकेटको क्षतिमा एक सय ३५ रनको योगफल तयार गरेको थियो।

आगोले पोल्यो ? तुरुन्तै घरेलु तरिका औषधी आपनाउँनु

देवानगञ्ज । प्राय जसो केटि मान्छेलाई आगोले पोलिरहेको हुन्छ । भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन । जबकी साधारण