बिराटनगर । हिजो अस्तीको तुलनामा आज साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक-दुई दिन बढी पानी पर्ने छ । मौसमविद् बिनु महर्जनका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ । मनसुनी
बिराटनगर। भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने युरिया मल गुणस्तरहीन प्रमाणित भएको छ। सीमा आसपासका नेपाली कृषकलाई लक्षित गरी तस्कर समूहले मल ल्याउने गरेका हुन्। चोरी तस्करी गरी ल्याइएको उक्त मल सशस्त्र र नेपाल प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ। यसरी बरामद भएका दुई सय बोराभन्दा बढी मल भद्रपुर भन्सार कार्यालय परिसरमा लिलामका लागि
झापा। झापामा साथीहरूसँग पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-१ निवासी १८ वर्षीय उज्ज्वल खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार गौरादह नगरपालिका-९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा मंगलबार दिउँसो २ बजे खरेल साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी
चतरा। उदयपुरको बेलका नगरपालिका-८ स्थित डुम्री बोटे (लाहुरे खोज) भन्ने स्थानबाट सप्तकोसी नदी बस्तीतिर पसेको छ।२ सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब चार बजे सप्तकोसी नदिको पानीले बाँध फुटाएर बस्तीमा प्रवेश गरेको हो। सप्तकोसीको बाढी रोक्न नगरपालिकाको तर्फबाट प्रयास भए पनि कोसीमा पानीको बहाव बढेसँगै आएको बाढीले नियन्त्रणको लागि निर्माण गरेको बाँधलाई
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने सम्बन्धमा उपसचिव नेपालले घुस लिएका हुन्। उनलाई काठमाडौंको होटेल अर्यानाबाट प्रकाउ गरिएको हो। अख्तियारको टोलीले उपसचिव नेपालको कारबाट स्रोट्ट नखुलेको १६
बिराटनगर। सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा मंगलबार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएको बताए।
झापा। नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम अझै रोकिएको छैन। मोरङ प्रहरीले विराटनगरबाट भारततर्फ जाँदै गरेको इन्डोनेसियाबाट आयातित ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको आठ ट्रक सुपारी नियन्त्रण लिएको घटना चर्चामा रहेको बेला दिनहुँ जसो काँकडभिट्टा नाकाबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ। सोमबार बिहान साढे ३ बजे इलाका प्रहरी
बिराटनगर । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद्
बिराटनगर। सप्तरीको शम्भुनाथ नगरपालिका-५ मोहनपुरमा आज दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा ३२ प ४४८६ नम्बरको मोटरसाइकल र स ४ प ९९५० नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे आपसमा ठक्कर खाएका हुन्। दुर्घटनामा परी ९९५० नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ६ का ५२
बेनी। म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिए। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको