प्रहरी दिवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर। “६७ औँ प्रहरी दिवस २०७९” को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, १ नम्बर प्रदेश

लागु पदार्थ चरेससहित २ युवकलाई पक्राउ

वीरगन्ज। वीरगन्जबाट प्रहरीले लागु पदार्थ चरेससहित २ युवकलाई पक्राउ गरेको छ। प्रहरीले ९ केजी ५ सय ग्राम चरेससहित वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय करण राय र त्यही ठाँउका २० वर्षीय राज चौरसीयालाई पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज ८ रेल्वे रोडमा बुधबार दिउँसो सवारी साधन तथा पैदल

मोरङमा स्वतन्त्र उम्मेदवार सहित ११ जनाले उम्मेदवारी फिर्ता लिए

विराटनगर। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका ११ जनाले मोरङमा उम्मेदवारी फिर्ता लिएका छन् । मनोनयन दर्ता गराएकामध्ये प्रतिनिधिसभाका ३ र प्रदेशसभातर्फका ८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ की स्वतन्त्र उम्मेदवार सुजाता थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार गोकुलप्रसाद पोखरेल र क्षेत्र

नेपाल सहित एक सय ४३ देशले युक्रेनको पक्षमा मतदान गरे

काठमाडौं। संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्। नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ। बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन्। विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा,

एकै परिवारको तीन जनाको हत्या

वीरगन्ज। बारामा बुधबार एकै परिवारको तीन जनाको हत्या भएको छ। उनीहरुको शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छोराछोरीको हत्या गरी शव फालिएको अवस्थामा भेटिएको हो। प्रस्टोका गाँउभन्दा करिब २ किलोमिटर टाढाको ढोरा खोला किनारमा बुधबार दिउँसो साढे २ बजेतिर प्रस्टोका

देउवाको क्षेत्र डडेल्धुरामा पाँच जनाले आफ्नो उमेदवारी फिर्ता लिए

डडेल्धुरा। डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। एमालेका प्रतिनिधिसभाका उमेदवार चक्र स्नेहीसहित पाँच जनाले आफ्नो उमेदवारी फिर्ता लिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभा तर्फ उम्मेदवारी दिएका दुई जना गरी पाँच जनाले उम्मेदवारी फिर्ता गरेका छन्। प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्रप्रशाद स्नेही, स्वतन्त्र दानबहादुर पाल

लागुऔषध गाँजा सहित २ जना पक्राउ

विराटनगर। धनकुटा नगरपालिका-९ चिम्सुवाबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे १० बजे शहिदभुमी गाउँपालिका-३ की ४९ बर्षीया बिष्णु कुमारी राई र ४३ बर्षीय उद्धिम भनिने उमेश राईलाई ५/५ केजी लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

विराटनगर। झापाको कन्काई नगरपालिका-३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लावारी-४ का ५३ बर्षीय नागेन्द्र प्रसाद कोईरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी

कार्तीक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधी खुवाइने

काठमाडौं। आगामी कार्तीक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको जनाएको छ। आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले

नेपालमा प्रतिबन्धित भारतीय नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग

वीरगन्ज। नेपालमा प्रतिबन्धित भारतीय नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालिएको छ। नेपालमा भारतीय ५ सय , १ हजार र २ हजार दरका नोट प्रतिबन्धित छ। ती नोटको अवैध ओसार पसारमा यसअघि पुरुषको मात्रै प्रयोग हुँदै आए पनि अब भने कारोबारीले त्यस्ता काममा महिलाको प्रयोग गर्न थालेका हुन्। यसै क्रममा प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय