थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १७६३ नमूना परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७४५ र एन्टिजेनबाट १०१८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४५ र एन्टिजेनबाट ७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप १६ जना कोरोनामुक्त

हत्यामा संलग्न ३ जना पक्राउ

विराटनगर। सिरहा गोलबजार-३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका-६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका-५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सनेपामा दिउँसो २ बजे बस्ने बैठकमा घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसैगरी बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन गर्नेलगायत समसामयिक विषयमा छलफल हुने

विराटनगरमा फर्निचर उद्योगमा आगलागी

विराटनगर। मोरङमा बिहिबार राति फर्निचर उद्योगमा आगलागी भएको छ। विराटनगर महानगरपालिका-९ मा रहेको माता धनवन्ती फर्निचर उद्योगमा बिहीबार राति आगलागी भएको हो । मनिष राजवंशीले सञ्चालन गरेको उद्योगमा बिहिबार राति ८ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनुभयो। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने उहाँले बताउनुभयो। प्रवक्ता डीएसपी श्रेष्ठका अनुसार प्रारम्भिक विवरणअनुसार

गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति

विराटनगर। गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात,

विभिन्न मुद्दा लागेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट

विराटनगर। आगामी मङ्सिर ४ हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्न आह्वान

काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्न आह्वान गरेको छ । आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा परिणाम घोषणा गर्न नपाइने भएकाले गरेमा कारबाही गर्ने चेतावनी दिएको छ। ‘मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाए

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन्। बैठकमा आगामी निर्वाचनको रणनीति र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ। आगामी निर्वाचनमा

फरार प्रतिवादी पक्राउ

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। ठगी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगर मोरङको मिति २०७३।११।१८ गतेको फैसला आदेशले १० महिना २१ दिन कैद र रु.२५,०००/- (पच्चिस हजार रुपैया) जरीवाना तोकिएका कटहरी गाउपालिका – ३ का ५८ बर्षीय राम बहादुर