एक वृद्ध मृत अवस्थामा फेला

डोटी। डोटीको जोरायल- ३ तोडेगडाका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ६० वर्षका हिरालाल वली मृत फेला परेका हुन् । भारतको सिम्लामा काम गर्दै आएका वली निर्वाचनमा मतदानका लागि घर फर्किने क्रममा जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतमा बाटोको छेउमै मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । अहिले ईलाका प्रहरी

दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते

विराटनगर। मोरङको उर्लाबारी नगरपालिकामा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते भएका छन्। उर्लाबारीस्थित एक क्याफेमा शुक्रबार बेलुका रजक थापा र कुमार लिम्बू समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। सो झडपमा उर्लाबारी-४ का २५ वर्षीय गौतम तामाङ, उर्लाबारी-७ का ३२ वर्षीय नितम चौहान र उर्लाबारी-८ का

विराटनगरमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परे

विराटनगर। विराटनगरमा एकाबिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शनिबार बिहान ६:२५ बजेतिर शंकास्पद वस्तु फेला परेको हो। सडकको छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द

काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको छ । आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपालसँग जोडिएका सीमा नाका बन्द गरिएको हो। यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए । निर्वाचन हुनु

थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ७७८ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७७८ नमूनाको परीक्षण गर्दा ८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको

निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति;गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण

विराटनगर। निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ । उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा २४ घन्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो । आयोगले यसअघि

उपचार केन्द्रबाट भागेका एक जना कैदी झापाबाट पक्राउ

विराटनगर। विराटनगरको क्षयरोग उपचार केन्द्रबाट डेढ महिनाअघि भागेका एक जना कैदीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । झापा गाउँपालिका–५ शरणामतिका २८ वर्षीय राजकुमार हेमरनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भएका हेमरन विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका थिए । अदालतले

पार्टी जोगाउन लग्दा छोरा नाति जोगाउन नसकेको ८१ वर्षीय तुलसीरामको गुनासो

मोरङ । यति बेला देश भर चुनावी माहौल छ । चिया पसल देखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याई नभ्याइ छ । यता मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ । उनले जीवन भर पार्टीको लागि काम गर्दा पार्टी जोगिएको तर आफ्ना छोरा नाति जोगाउन

गरीब परिवारबाट राजनीतिमा आएको हुँ, झुठको खेती गर्न कहिल्यै आएन’ : सीताराम मेहता

विराटनगर। नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले आँफू किसान परिवारबाट राजनीतिमा उदाएको मान्छे भएकाले झुठको खेती गर्न नआउने बताएका छन् । बिहीबार चुनावी प्रचारप्रसारपछि इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता मेहताले आँफू गरीब, किसान परिवारबाट राजनीतिमा उदाएकाले झुठको खेती गर्न नआएको बताएका हुन् । ‘मलाई गरीबका नेता पनि भन्छन्,