भाजपाले पुन: भुपेन्द्र पटेललाई गुजरातको मुख्यमन्त्री बनाउने

गुजरात (एएनआई)। भारतीय जनता पार्टी (भाजपा)का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि शनिबार पहिलो बैठक बस्दैछ। बैठकमा नै गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने तयारी छ। भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जितपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ।

विश्व हिन्दु परिषदद्वारा गाई हत्यारालाई कार्यवाहिको मांग

विराटनगर । विश्व हिन्दु परिषदले गाईको हत्यारालाई कार्यवाहिको मांग गर्दै जिल्ला प्रशासन ज्ञापन बुझाएको छ । शुक्रबार जिल्ला कार्यसमिति पर्साले जिल्ला प्रशासन कार्यालय पर्सालाई गाईको हत्यारालाई कार्यवाहिको मांग गर्दै ज्ञापन बुझाएको हो। विश्व हिन्दु परिषद जिल्ला कार्यसमिति पर्साका उपाध्यक्ष शम्भु महतो थारुको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत गृह मन्त्रालय सिंहदरबारलाई समेत उक्त कार्यवाहिको मांग

मोरङमा मिक्सचर मेसिनको ठक्करबाट एक प्राविधिकको मृत्यु

विराटनगर। मोरङमा मिक्सचर मेसिनको ठक्करबाट एक प्राविधिकको मृत्यु भएको छ। निर्माणाधीन मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ नगरपालिका–९ मा मिक्सचर मेसिनको ठक्करबाट प्राविधिक सुनील साहको मृत्यु भएको हो। लेटाङ–९ स्थित तेली खोलाको पुल निर्माणमा प्रयोग गरिँदै आएको को १ ख ४०७७ नम्बरको मिक्सचरले ठक्कर दिँदा ओभरसियर सिरहाको लाहान नगरपालिका घर भएका २४ वर्षीय सुनील साहको मृत्यु भएको

नेपाल अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको :अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताएका छन्। शनिबार भक्तरपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले विश्वव्यापी मन्दीको असर नेपालमा पनि परेको बताएका हुन्। उनले उनले अष्ट्रिलियाको अर्थतन्त्र संकटतर्फ उल्लेख गर्दै अहिले नेपालको अर्थतन्त्रको अवस्था कस्तो छ भन्दै प्रश्नसमेत गरे। ‘नेपालको अर्थतन्त्रको अवस्था पनि गुज्रिदैछ की भन्ने देखिन्छ।’नेपालले

भ्रष्टाचार विरुद्धको अभियानमा सबैको प्रतिबद्धता र सक्रियता आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले भ्रष्टाचार निस्तेज गर्न यस विरुद्धको अभियानमा सबैको प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गरे । उनले भने, ‘भ्रष्टाचार नियन्त्रण राज्यको कुनै एउटा अङ्ग वा निकायको मात्र जिम्मेवारीको विषय

रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव

युक्रेन । युरोपेली आयोगले बुधबार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा ‘दबाब बढाउने’ बताएकी छन् ‘रूसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको सुरुमा युक्रेनलाई ऊर्जाविहीन बनाउने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी

केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिक सदस्यको छनोट गर्न बोलाइएको बैठकमा निर्वाचनको समीक्षा एवं समसामयिक विषयवस्तुमा छलफल गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। धुम्रबराहीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलमा नेतृत्व छनोटका

नेकपा एमाले बोलाइएको सचिवालय बैठक स्थगित

काठमाडौं। नेकपा एमाले शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो। बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको थियो। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट

एक घरमा बिहेको क्रममा आगलागी हुँदा पाँच जनाको मृत्यु

राजस्थान। राजस्थानको जोधपुरमा बिहीबार एक घरमा बिहेको क्रममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । यस आगलागीमा हालसम्म प्राप्त जानकारी अनुसार ५५ जना घाइते भएका बीबीसी समाचारमा उल्लेख छ। जोधपुरको शेरगढ थाना क्षेत्रमा बिहीबार साँझ चारवटा सिलिन्डर विस्फोट हुँदा ठूलो दुर्घटना भएको हो। जलेर हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । घाइते ५५ जजनाको

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयरको बिक्री खुला गरे

काठमाडौं। माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड