मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएको छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर
जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् । रामगोपालपुर नगरपालिका–५ बस्ने डा पङ्कज चौधरीले पत्नी नेहा चौधरीलाई
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी भए । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएको बधाई ज्ञापन गर्दै यो देशले नै पाएको अनुभूति भएको
नवलपरासी। किसानले चिनी उद्योगलाई पुरानै भाउमा उखु बेच्न बाध्य भएका छन्।सरकारले यस वर्षको समर्थन मूल्य नतोक्दा नवलपरासीका किसानले पुरानै भाउमा उखु बेच्न बाध्य भएका हुन्। जिल्लामा लुम्बिनी, बागमती र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन्। लुम्बिनी बाहेक दुई उद्योगले मंसिरको पहिलो सातादेखि किसानसँग उखु खरिद गरेर क्रसिङ सुरु गरिसकेका छन्। सरकारले यस वर्षको समर्थन मूल्य नतोकेका
गुलरिया। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको कार्यालय आफ्नै भवनमा सरेको छ। गुलरिया नगरपालिकाको एकल सहयोगमा सम्पन्न नवनिर्मित भवन समुद्घाटनसँगै महासंघको कार्यालय आफ्नै भवनमा सरेको हो । स्वर्गीय शिवप्रसाद पोखरेलकी धर्मपत्नी स्वर्गीय लक्ष्मीदेवी र श्रीमति ईन्दीरा देवी पोखरेलद्वारा गुलरिया नगरपालिका वडा नम्वर ७ स्थित बदलुपुरमा १२ धुर जमिन पत्रकार महासंघ बर्दियालाई दानमार्फत प्राप्त भएको नेपाल
विराटनगर। झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले WB74 BF 5817 नम्वरको स्कुटरमा सवार रहेका भारत दार्जिलिङका २८ बर्षीय मनोज गिरी र ३० बर्षीय प्रमोद
विराटनगर । सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । बुधबार अस्थाई प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले धरान उप- महानगरपालिका-१४ का २१ बर्षीय रन्जित तामाङ, १९ बर्षीय नेल्शन याक्खा, २० बर्षीय शाहील भण्डारी र १९ बर्षीय शेखर परियारलाई प्रतिबन्धित लागुऔषध स्पास्पेन- २४८ ट्यावलेट र ट्रामाडोल- ३३० ट्याव्लेट
फिदिम। पाँचथरको फिदिम नगरपालिका-१३ स्थितमा आगोले जली एक जना बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ बर्षीया सुकमति नेम्वाङ रहेकी छन् । फिदिम-१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकि नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जली मृत अवस्थामा फेला परेकि हुन । मृतक लाशलाई आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला
काठमाडौं । इलाम-१ बाट पराजित भएका नेपाल कम्यूनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् । पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् । उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा भनिएको