काठमाडौ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्। पार्टी संसदीय दलको बैठकले बुधबार ठाकुरको नाम सर्वसम्मतले पारित गरेको हो। लोसपा नेता केशव झाले ठाकुर संसदीय दलको नेतामा चयन भएको जानकारी दिए। मंसिर ४ गते सम्पन्न निर्वाचनमा लोसपाले चार सिट जितेको छ। लोसपाले थ्रेस होल्ड भने कटाउन सकेन।
क्वालालम्पुर। मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु राज्य अधिक प्रभाावित
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सरकारमा नजाने घोषणा गरेका छन्। बुधबार नेपाली कांग्रेस संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री थापाले आफू सरकारमा नजाने र कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने बताए। उनले भने,’ कांग्रेस नेतृत्वको सरकार बन्यो भने अरु साथीहरु जानुहुन्छ। पार्टीमा रुपान्तरण र पुस्तान्तरणको आवश्यकता छ। मेरो सोचाइ पनि यही हो र
विराटनगर । वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ ।
प्योङयाङ। उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ। जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो। जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उत्तरकोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ। उत्तरकोरियाली विदेशमन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका
विराटनगर । विराटनगर महागरपालिकाले एयरपोर्ट रोड सरसफाई गरिएको छ। विराटनगर-४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाई गरिएको हो । फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जानकारी दिए ।
पाल्पा। पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बाइसे चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार
जोमसोम। मुस्ताङमा दुई महिनाका लागि विद्यालय बन्द भएका छन्। अत्यधिक चिसोसँगै सम्भावित हिमपातले जनजीवन कष्टकर हुने भएकाले मुस्ताङका शैक्षिक संस्थाहरूलाई पुसको पहिलो हप्तादेखि हिउँदे बिदा दिइएको हो। मुस्ताङका ३४ सामुदायिक विद्यालयमध्ये लोमान्थाङ गापाको ३, लोघेकर दामोदरकुण्डको ७ र वारागुङ मुक्तिक्षेत्रका दुई गरी कुल १२ वटा विद्यालयहरू घुम्ती कक्षाका लागि पोखरा स्थान्तरण गरिसकिएको छ। यसबाहेक २२
एजेन्स। भारतमा मोबाइल प्रयोगकर्ताको संख्या घट्न थालेको छ। मोबाइल प्रयोगकर्ताको संख्या लगातार घट्दै गएको भारतीय दूरसञ्चार विनियामक प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पछिल्लो दुई महिनामा मात्र ५४ लाख ७७ हजार मानिसले मोबाइल चलाउन छोडेका छन्। प्राधिकरणको तथ्यांक अनुसार अक्टोवरमा मोबाइल प्रयोगकर्ता १ अर्ब १४ करोड ३६ लाख थिए। अगस्टमा यो संख्या १ अर्ब १४ करोड
काठमाडौं। नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको विषय पेचिलो बन्दै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्ने गृहकार्यमा रहिरहेका बेला संस्थापन इत्तर पक्षले गगन थापालाई संसदीय दलको नेता बनाउने निर्णय गरेपछि कांग्रेसमा नयाँ बहस सुरु भएको छ। संस्थापन इत्तर समूहको मंगलबार बिहानको बैठकले गगन थापालाई संसदीय दलको नेता बनाउने निर्णय गरेपछि अंक