किभ। युक्रेनको राजधानी किभमा आइतबार राति रुसी सेनाले हवाइ हमला गरेका छन्। शहरका विभिन्न जिल्लामा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन्। किभमा सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरेको बताएको छ। हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई सामान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ।
काठमाडौं : थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९६० नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४१९ र एन्टीजेनबाट ५४१ परीक्षण गर्दा पीसीआरबाट एउटा नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ८ जना संक्रमित निको भएका छन्। हाल
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रचण्डले पुस २६ गते विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइन दिन भन्दै संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई पत्र पठाएका हुन्। संसद बैठकमा विश्वासको मत लिने भएका हुन् । १६९ जना सांसदको समर्थन पुर्याएर प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दावी
काठमाडौं : काठमाडौंको तार्केश्वर नगरपालिका-७ मा गएराति स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका-७ का ३८ वर्षीय पशुपति ढंगोल रहेका छन्। गएराति पौने ३ बजे चिमल सडक खण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर पोलमा ठोकिँएको थियो। दुर्घनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा
विराटनगर। मोरङको रंगेली नगरपालिका-१ बविया स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अपरान्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १५ बोरा (३५० के.जी.)
विराटनगर। जनयुद्धकालमा १८ वटा मोर्चामा लडाईं लडेर घाइते भएका संखुवासभाका बाबुराम राई (विवश) सिकिस्त बिरामी परेका छन् । उनलाई हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि ल्याइएको छ । युद्धकालमै टाउकोमा एटिवानको मोर्टार लागेर शत्तफ् घाइते भएका उनी त्यसबेला २६ दिनको उपचारपछि होसमा आएका थिए । सोही कारण उनी औषधि सेवन गरिरहेका थिए । केही दिनदेखि
झापा। झापाको बुद्धशान्ति गाउँपालिका- ३ बुधबारे बजारबाट प्रहरीले ३ जना बेवारिसे बालकहरुको उद्दार गरिएको छ । आज दिउँसो बुधवारे बजारमा ३ जना बालकहरु बेवारीसे अवस्थामा रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ बर्षीय एन्जल लिम्बु, ११ बर्षीय सुशील लिम्बु र १० बर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उनिहरुलाई उद्दार गरेको
विराटनगर । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघिता विरोधीरलाई जवापफ् दिनुपर्नेमा नवनिर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन । नवनिर्वाचित सांसदहरुलाई पुसन १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको शनिवार समापन कार्यत्रफ्ममा बोल्दै सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधीहरुलाई जवापफ् दिनुपर्नेमा जोड दिएका
काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौले उपत्यकामा पछिल्लो ५ महिनामा १५५ जना फरार अभियुक्त प्रक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट २ करोड ९४ लाख ४९ हजार ७५६ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार परिसरमा रहेको फरार अभियुक्त पक्राउ टोलीले विभिन्न समयमा यी व्यक्ति पक्राउ गरेको हो। पुस महिनाको ११ दिनमा
मनिला : फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको छ । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । सो विभागकाअनुसार शनिबार कोभिडबाट ५९१ जना सङ्क्रमित भएका छन् । कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका