अनुगमन समितिद्वारा मेयर कोइरालालाई बुझायो प्रतिवेदन अधिकांश रात्रीकालीन व्यवसाय मापदण्डविपरीत सञ्चालन

विराटनगर/ रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख

‘नर सेवा नारायण सेवा’ संस्थाद्वारा १५ महिना देखि कोशी अञ्चल अस्पतालमा निःशुल्क भोजन वितरण

विराटनगर/ विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा ‘नर सेवा नारायण सेवा’ संस्थाले निःशुल्क खाना खुवाउने अभियान सफलतापूर्वक १५ महिना पुरा गरेको छ। अस्पतालका मेसु रुना झा र अन्य डाक्टरहरूले आज बिहान भोजन वितरण स्थलको निरीक्षण गरेका छन्। निःशुल्क भोजन व्यवस्थाबाट अस्पतालका बिरामी तथा कुरुवाहरू लाभान्वित हुँदै आएकोमा अस्पताल प्रशासनले खुसी व्यक्त गरेको छ। संस्थाका सदस्य देवकी

विराटनगरको सरसफाई अभियानमा अग्रवाल सभाको सक्रियता: महानगरलाई सरसफाई मोबाइल एम्बुलेन्स रिक्सा हस्तान्तरण

विराटनगर / विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरुले समेत चासो देखाउन थालेका छन् । पछिल्लो समय विराटनगर धेरै नै सफा र सुन्दर देखिएको बताउँदै नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा हस्तान्तरण गरेको छ । सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउन महानगरलाई रिक्सा हस्तान्तरण गरेको सभाले जनाएको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा

कृष्णभूषण बल प्रतिष्ठानद्वारा वरिष्ठ कवि साकारसहित चारजना पुरस्कृत

विराटनगर / वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि

चेतना प्रतिष्ठानको वक्तृत्वकलामा रञ्जन प्रथम

विराटनगर / चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आयोजनामा भएको अन्तर सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श उच्च माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् । विराटनगर महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा ११ सामुदायिक विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दैै रञ्जना प्रथम भएकी हुन् । ‘युवा शक्ति विदेश पलायनले समाजमा पारेको असर’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा पोखरिया

नेपालले १०औं इन्डो–नेपाल स्केटिङ्ग च्याम्पियनसिपमा भारतलाई हराउँदै प्रथम स्थान हासिल

विराटनगर/ १०औं इन्डो–नेपाल रोलेर स्केटिङ्ग च्याम्पियनसिप प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको छ। विराटनगरको दिल्ली पब्लिक स्कुलको प्रांगणमा सम्पन्न उक्त प्रतियोगितामा भारत र नेपालका विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा भारतबाट हिमाचल प्रदेश, गुजरात, राजस्थान, महाराष्ट्र र उत्तर प्रदेशका २२ खेलाडीले सहभागिता जनाएका थिए भने नेपालतर्फ डिपिएस, हेरिटेज,पिटर

लैससासमा विराटनगर महानगरपालिकाको नतिजा उत्कृष्ट

विराटनगर / विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीसहित कार्यपालिका सदस्य र विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा लैससासको अन्तिम

विराटनगर जेसीजको ५२औं वार्षिक पदस्थापन सम्पन्न: प्रीतेशराज दाहाल अध्यक्षमा निर्वाचित

विराटनगर / विराटनगर जेसीजको ५२औं वार्षिक पदस्थापन कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ। वर्ष २०२५ का लागि प्रीतेशराज दाहाल अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन समितिका आयुक्त अभिनास थापाको नेतृत्वमा सम्पन्न निर्वाचन प्रक्रियाबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कबिराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा शिव शंकर मण्डल र अभिषेक भट्टराई, तालिम निर्देशकमा सुभाष भण्डारी, उपाध्यक्षमा रिजन सिग्देल, मनोज तिवारी,

विराट गोल्डकप घाटामा: प्रदेश सरकार र खेलकुद परिषद्को सहयोग अभाव

विराटनगर/ कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराउँदा विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण नोक्सानीमा गएको छ। २०७९ साल चैत १५ गते सुरु भएर २४ गते सम्पन्न भएको गोल्डकपमा २२ लाख ६२ हजार ८०८ रुपैयाँ घाटा भएको आयोजक ट्रष्टले सार्वजनिक गरेको छ। आयोजक ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले आइतबार विराटनगरमा आयोजित

शाली नदीमा स्वस्थानी ब्रत मेला सुरु

विराटनगर/ पौष शुक्ल पूर्णिमाका दिन आजबाट स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म श्रद्धालुहरुले दैनिक रुपमा स्वस्थानीको कथा भन्ने र सुन्ने गर्छन्। स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। आजको दिन हात गोडाका नङ काटी, स्नान गरी,