विदेश सचिव विनय मोहन क्‍वात्रा आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं। भारतका विदेश सचिव विनय मोहन क्‍वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्। तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार क्वात्रा परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुनेछन्। यस अगाडि सचिवस्तरीय बैठक भारतमा भएको थियो। नेपालका लागि विदेश

संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा

विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणाप्रति आपत्ति जनाएको छन्। कोइरालाले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएर नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर बिदा घोषणा गरेको भन्दै नेता कोइरालाले प्रश्न गरेका हुन्

चितवनमा बैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आइतबार चितवन- २ मा २०८० वैशाख १० गते उपनिर्वाचनको मिति तोकेको हो । आइतबार बसेको आयोगको बैठकले निर्वाचन ऐन,२०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते चितवनको निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि

सवारी ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

विराटनगर। सवारी ज्यान मुद्धाका एक जना फरार प्रतिबादी पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले सो प्रतिबादी पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-९ सुनसरीका ६१ बर्षीय लक्ष्मण शाक्य रहेका छन् । सवारी ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत धनकुटाको मिति २०४९|०७|१८ गतेको सजाय निर्धारण फैसला आदेशले १

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा पुनः उजुरी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा पुनः उजुरी परेको छ। आइतबार युवराज पौडेलले निर्वाचन आयोगमा रास्वपा खारेजीको माग गर्दै निवेदन दिएका हुन्। सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक एवं नेपाली नागरिक हुन अयोग्य ठहर गरेकाले दल दर्ता खारेज हुनुपर्ने माग उनको छ। निवदेनमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा (५) को

लागुऔषध दुर्ब्यसनिहरुलाई प्रहरीद्वारा मनोसामाजिक परामर्स

विराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागुऔषध न्युनिकरण कार्य योजना “म सक्छु (I Can…) अभियान २०७९ अन्तरगत हिजो झापा र मोरङका बिभिन्न स्थानमा १३८ जना लागुऔषध दुर्व्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरिएको छ । लागुऔषध ओसार पसार, बिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार हिजो दिउसो बिराटनगर-१६ स्थित CAN को भवनमा इलाका प्रहरी

अवैध सामान बरामद

झापा। झापाको काँकरभिट्टा र भद्रपुर स्थितबाट अवैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको करिव १ लाख ८० हजार मुल्य बरावरको बिभिन्न प्रकारका सामानहरु प्रहरीले बरामद गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ गैरी गाँउ स्थितबाट बिभिन्न प्रकारका कपडा, झोला र पुजामा प्रयोग हुने सामानहरु करिव १ लाख

सवारी दुर्घटनाबाट १ जनाको मत्यु

विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे बिराटनगर तर्फ आउदै गरेको NL 02 G 8952 नम्बरको फलाम बोकेको टेलर गाडीले बिपरीत दिशा तर्फ जादै गरेको मे. १० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बिराटनगर भंसार कार्यलयमा सेक्युरीटी गार्डमा कार्यरत मेची नगरपालिका-१३

राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा आशंका: नेता प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा आशंका रहेको बताएका छन्। प्रेस युनियन दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने भनेरै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिइएको उनले बताए। उनले भने, ‘दलहरूले धरातलीय अर्थाथलाई चाँडो बिर्सिए। संविधानको अक्षरस पालना गर्नुका साथै सबै तहका सरकारलाई अधिकार

राजनीतिक , आयोग र प्रशासनीय नेतृत्वको संयुक्त प्रयासले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुने : राष्ट्रपति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनीय नेतृत्वको संयुक्त प्रयासले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुने बताएकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा भ्रष्टाचार नियन्त्रण हुने धारणा राखेकी हुन्। ‘राजनीतिक नेतृत्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रशासनिक नेतृत्वको सङ्गठित एवं