लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर। झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका साढे ५ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ९ शनिश्चरे बजार स्थितमा प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने २७ बर्षीय आशिष लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी उनको घरमा चेकजाँच गर्दा घरको कोठाबाट लुकाई

नियन्त्रित लागुऔषध गाँजा सहित ३ जना पक्राउ

विराटनगर। कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटा जिल्ला तिन छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका-१ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ सिराहाका २२ बर्षीय ललित सिंहलाई गाँजा सहित शनिवार

बोलेरो खस्दा दुई जनाको मृत्यु ९ जना गम्भीर घाइते

काठमाडौं। ओखलढुंगाको चिसंखुगढीमा भीरबाट बोलेरो खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन् । चिसंखुगढी गाउँपालिका ३ चापाकोटबाट जिल्ला सदरमुकामतर्फ ११ जना यात्रु लिएर जाँदै गरेको १ ज ८४७३ नम्बरको बोलेरो आइतबार बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मृत्यु हुनेमा मिनबहादुर श्रेष्ठ र भक्त बहादुर

अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने:अध्यक्ष यादव

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै यादवले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत गर्ने बताएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। यादवले यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्ति तयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने बताए । शिवलाल थापा

नेकपा एकीकृत समाजवादी देश र जनताको हितमा समर्पित: अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी देश, जनताको हितमा समर्पित भएको बताएका छन्। नेपाल दलित मुक्ति संगठन केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका भ्रातृ संगठनले पनि देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। उनले भने, ‘हाम्रो पार्टीका साथीहरूले देश, जनता र पार्टीको हितमा हुने काम गर्नुपर्छ। देश

जसपा नेपालले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाए

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ। शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो प्रतिवेदन बुझाएको हो। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो। कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन्।

मुलुकका लागि राम्रो गर्न खोज्दा सबैतिर एमाले माथि प्रहार:अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी प्रहार भएको बताएका छन्। नेपाल बुद्धिजिवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकका लागि राम्रो गर्न खोज्दा सबैतिर एमालेमाथि प्रहार भएको बताए। एमालेको ध्यान मुलुकको विकास र समृद्धिका लागि नै रहेको भन्दै ओलीले यसैका कारण एमालेमाथि सबैतिरबाट प्रहार भएको बताए। ओलीले सामाजिक रुपान्तरणको

अवैध सुपारी सहित सवारी साधन नियन्त्रण

विराटनगर। झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट अवैध सुपारी बोकेको सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा VCTS लगायतको आवस्यक कागजपत्र नभएको २ हजार किलोग्राम सुपाडी फेला परेकोले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी

चट्याङ लागेर १ जनाको मृत्यु; १ जना घाईते

विराटनगर। भोजपुरको षडानन्द नगरपालिका-१२ स्थितमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । बिहिबार अपरान्ह ४ बजे स्थानिय भक्त बहादुर भुजेलको घरमा चट्याङ पर्दा घरमा बसिरहेका उनको १५ बर्षीय छोरा प्रदिप भुजेल र छिमेकि नारायण भुजेलको १३ बर्षीय छोरा सरोज भुजेललाई चट्याङले लागेर घाईते भएका थिए । घाईते भएका

पोखरीमा डुबेर बालकको मृत्यु

विराटनगर। मोरङको पथरी शनिश्चरे नगरपालिका-५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । बिहिबार दिउसो पथरी शनिश्चरे-५ का अनिश आचार्यको अढाई बर्षीय छोरा आईस आचार्य खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबीरहेको अवस्थामा उनको बुबाले फेला पारी उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगेकोमा उपचार हुन नसकि थप उपचारको लागि एड्भान्स अस्पताल दमक लैजाने