सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरे

काठमाडौं। सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को कात्तिक १६ गतेको निर्णयानुसार २०७९÷०८० का लागि मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १ सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पोहोरको तुलनामा अहिले धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा

आगो ताप्नेक्रममा एकजना बालकाको मृत्यु

भिमाद। तनहुँको भिमाद नगरपालिका–७, अर्चलेमा आगो ताप्नेक्रममा एकजना बालकाको मृत्यु भएको छ । भान्सा कोठामा आगोले अचानक पोल्दा ९ वर्षीय सुभाष थापा घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा पोलेको र उपचारका लागि तत्कालै पश्चिमाञ्चल अस्पताल पोखरा लगेको थियो । सुभाषको उपचारकै क्रममा बुधबार राति १२ बजे मृत्युको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब

श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु

विराटनगर । श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका- १ स्थित बुधबारे बजारमा डेरा गरी बस्ने भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएका ३२ वर्षीय रघुनाथ गोरडले श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेका हुन्। बिहीबार बिहान ३ बजेतिर गोरडले आफ्नी श्रीमती सपनालाई करुवाले हानेर हत्या गरेको प्रहरी कार्यालय झापाका

योग शिविर सम्पन्न

१ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी, बिराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ । पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो । कार्तिक १८ गतेबाट संचालन भएको ५ कार्य दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित

मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ तालिका सार्वजनिक गर्ने

विराटनगर। मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ तालिका सार्वजनिक गर्ने भएको छ। नेपाली कांग्रेसबाट उम्मेदवार रहेका प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएपछि आयोगले मंसिर ४ गते निर्वाचन हुने गरि काम अगाडि बढाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मोरङ

सुनको मूल्यमा उच्च वृद्धि

काठमाडौं। सुनको मूल्यमा उच्च वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ। योसँगै नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९५ हजार ४०० पुगेको छ। यसअघि मंगलबार सुनको मूल्य ३०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ९४ हजार ९०० पुगेको

भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पताल पर्‍याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले मंगलबार राति डोटीको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पताल पर्‍याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाडले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई निर्देशन दिएका छन्। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा

मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेद्वार शेखरचन्द्र थापाको निधन

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज निधन भएको छ । नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । उनलाई डेंगो संक्रमण समेत रहेको थियो । उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो ।

डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष नेपालले बुधबार विज्ञप्ति जारी गर्दै डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा गएको भूकम्प परी घाइते भएकालाई तत्काल राहत र उद्दारमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले

अवैध गाँजा सहित मानिस पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद