मोरङ निर्वाचन क्षेत्र नं. ६ (क) करैया मतदान केन्द्र को बुथ (क) मा बम विस्फोट यस केन्द्रको पुनः जाँच पछि मतदान शुरु हुने ः सुरक्षाकर्मी अब यो केन्द्रमा मतदान हुँदैन ः स्थानीय
उदयपुर। निर्वाचनलाई बिथोल्ने गरी शुक्रबार राती उदयपुरको दुई ठाउँमा अज्ञात समुहले बम विस्फोट गराएको छ। निर्वाचनको समय दुई दिन बाँकी छँदा उदयपुरगढी गाउँपालिकाको वडा नं ७ र ८ को मध्यभागको जंगल र त्रियुगा नगरपालिका १६ को जंगलमा बम विस्फोट भएको हो। दुई ठाउँमा बम विस्फोट भए पनि सुरक्षा निकायले भने उदयपुरगढीमा भएको विस्फोटको मात्र पुष्टि
धनकुटा। मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा खटिएकी एक जना महिला कर्मचारीको गएराती मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका खरखोलेकी सीतादेवी माध्यमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षिका पवित्रा याखा लिम्बुको मृत्यु भएको हो। उनी साँगुरीगढी गाउँपालिका ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी थिइन् । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा
डोटी। डोटीको जोरायल- ३ तोडेगडाका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ६० वर्षका हिरालाल वली मृत फेला परेका हुन् । भारतको सिम्लामा काम गर्दै आएका वली निर्वाचनमा मतदानका लागि घर फर्किने क्रममा जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतमा बाटोको छेउमै मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । अहिले ईलाका प्रहरी
विराटनगर। मोरङको उर्लाबारी नगरपालिकामा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते भएका छन्। उर्लाबारीस्थित एक क्याफेमा शुक्रबार बेलुका रजक थापा र कुमार लिम्बू समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। सो झडपमा उर्लाबारी-४ का २५ वर्षीय गौतम तामाङ, उर्लाबारी-७ का ३२ वर्षीय नितम चौहान र उर्लाबारी-८ का
विराटनगर। विराटनगरमा एकाबिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शनिबार बिहान ६:२५ बजेतिर शंकास्पद वस्तु फेला परेको हो। सडकको छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार
काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको छ । आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपालसँग जोडिएका सीमा नाका बन्द गरिएको हो। यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए । निर्वाचन हुनु