पहिलो दिनदेखि तेस्रो स्थानमा रहेका रवि लामिछानेले अग्रता लिए

विराटनगर। मतगणनाको पहिलो दिनदेखि तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । पहिलो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रतालाई पछि पार्दै पहिलो स्थानमा पुगेका हुन् । इच्छाकामना गाउँपालिकाको मत गणनामा १०४०५ गणनामा उनको मत २९७८ थियो । कालिका नगरपालिकाको गणना सुरु गरेपछि लामिछानेले अग्रता बढाएका हुन्। दोस्रोमा एमालेका

नागरिक उन्मुक्ति पार्टी ढकियाको उम्मेदवार गंगाराम चौधरी विजयी

कैलाली। प्रतिनिधि सभा कैलाली क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टी ढकियाको उम्मेदवार गंगाराम चौधरी ५६७१ मत बढि ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीले १७४४९ मत ल्याउँदा गंगारामले २३१२० मत ल्याइ विजयी भएका हुन्। त्यसैगरी नेकपा एमालेका गौरी शंकर चौधरी ९८१४ मत प्राप्त गरे।

काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा जित नजिक

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा जित नजिक पुगेका छन्। सुरुवातबाट अग्रता कायम राखेका थापाले एमालेका उम्मेदवारलाई पछाडि पारेका हुन्। पछिल्लो मतगणना अनुसार थापाले भारी मतान्तरले (एमाले) का उम्मेदवार डा राजन भट्टराईलाई पछाडि पारेका हुन्। यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापा, एमाले नेता भट्टराई, राप्रपाका डा.शंकरमोहन श्रेष्ठ, नेपाल

प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित

विराटनगर। नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित भएका छन्। राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै सिंह यो क्षेत्रबाट चौथो पटक सांसद बनेका हुन्। उनले ७ हजार १३९ मत प्राप्त गरेका छन्। मिश्रले ७ हजार ११ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सिंह निर्वाचित भएको औपचारिक घोषणा भने गरेको छैन। 

मोरङमा लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा एक युवाले आत्मा हत्या गरे

विराटनगर। मोरङमा लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा एक युवाले आत्मा हत्या गरेका छन्। विराटनगर १ पोखरिया बस्ने २३ वर्षीय राजु कुमार मण्डलले आत्मा हत्या गरेका हुन्। विराटनगर १२ मा रहेको न्यु लाईफ फेलोसिफ लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा मण्डलले फासो लिई आत्मा हत्या गरेका छन् । मण्डल छठमा छुटी

नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिए

विराटनगर । मोरङको क्षेत्र नं. ४ को मगणनामा नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको २१४० मतमा मोदीले ११४७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार विनोद ढकालको ६२९ मत छ । अहिले कटहरी ४ को एउटा केन्द्रका मतगणना सम्पन्न भएको छ ।

चितवन क्षेत्र-२ को मत परिणाम अनुसार नेकपा एमालेको अग्रता

चितवन । चितवन क्षेत्र-२ को मतगणना जारी छ । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार चितवन-२ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका कृष्णभक्त पोखरेल २०७ मतसहित अग्रस्थानमा छन् । त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठ १२६ मतसहित पोखरेललाई पछ्याउँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा रवी लामिछाने भने ३२ मतसहित तेस्रो पोजिसनमा छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना सुरु

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना सुरु भएको छ । विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा ती तीन क्षेत्रको मतगणना सुरु गरिएको हो । आइतबार बिहान सर्वदलीय बैठक बसेर मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरिएको थियो । त्यसैअनुसार दलका प्रतिनिधि, उम्मेदवार, तिनका प्रतिनिधिलगायतको उपस्थितिमा मत गन्न थालिएको छ

काठमाडौं क्षेत्र नम्बर ४ को मतपरिणाम अनुसार गगनकुमार थापाले अग्रता

काठमाडौ। काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार गगनकुमार थापाले अग्रता लिएका छन् । मध्यान्न १२ बजेसम्मको मतगणना अनुसार कांग्रेसका उम्मेदवार थापाले ६६८ मत ल्याएका छन् । १५११ उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ६३३ मत ल्याएका छन् । काठमाडौं ४ मा अहिले बुढानिलकण्ठ नगरपालिकाको मतगणना भइरहेको छ । यो

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सुरुआती अग्रता

बिराटनगर। मधेश प्रदेशको सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सुरुआती अग्रता देखिएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको र प्रारम्भिक मतगणनामा नौ सय मतमध्ये