नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

विराटनगर। नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १३८१ नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८७१ र एन्टिजेनबाट ५१० नमूनाको परीक्षण गर्दा पीसीआरबाट १० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप २८ जना कोरोनामुक्त भएका छन्।

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिए

काठमाडौं। रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ। निर्वाचनपछि मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन लगायतका दलहरूले विरोध गरेपछि मतगणना रोकिएको हो। उनीहरूले पुनः मतदानको माग गर्दै मतदानस्थल बुटवल उपमहानरपालिका बाहिर नाराबाजी गरेका छन्। ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी

सुनसरी क्षेत्र नम्बर १ को (क) बाट एमालेका रमेश बस्नेत विजयी

विराटनगर। सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्यमा एमालेका रमेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेस प्रदेश महामन्त्री उमेश थापालाई पराजित गर्दै विजयी भएका हुन्। थापा बस्नेतका नाताले ज्वाइँ पर्छन्। निर्वाचित सांसद बस्नेतले ११ हजार १०२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी थापाले ९ हजार ७५२ मत प्राप्त गरे । प्रदेशसभामा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई पछि पार्दै निर्वाचित भएका हुन् । शुक्रबार बिहान सकिएको मतगणनामा कोइरालाले ३५ हजार २१८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९३२

केदार कार्की पुनःप्रदेशसभा सदस्यमा निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नम्बर ६ (ख) बाट नेपाली काँग्रेसका केदार कार्की पुनःप्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका उमेदवार पर्शुराम बस्नेतलाई एक हजार १७७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । उनले १० हजार ४४६ र बस्नेत ९ हजार २६६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा समेत कार्की यस क्षेत्रबाट निर्वाचित भएका

मोरङको क्षेत्र नं. ४ (ख) बाट पूर्व मेयर भीम पराजुली निर्वाचित

विराटनगर। विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली प्रदेश १ को प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । मोरङको क्षेत्र नं. ४ (ख) बाट उनले प्रदेशसभाको चुनाव जितेका हुन् । आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका जीवन घिमिरेलाई १ हजार ७८८ मतान्तरले पराजित गर्दै पराजुलीले पहिलोपटक प्रदेश सभाको यात्रा तय गरेका हुन् । प्रदेश १ का पूर्व सामाजिक विकास

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका योगेन्द्र मण्डल निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका योगेन्द्र मण्डल निर्वाचित भएका छन् । दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर निर्वाचित भएका हुन्। मण्डलले २१८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७४८६ मत प्राप्त गरेका छन् । भने, जसपाका राजकुमार यादवले १७३९० मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा काँगे्रसका अमृत अर्याललाई हराउदै विजयी बनेका माओवादी

धनकुटा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी

विराटनगर। धनकुटा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार गठवन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापालाई १ हजार ३९६ मतान्तर मतले पराजित गर्दै राई पुनः प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । विजय राई २०७४ सालको निर्वाचनमा पनि थापालाई

नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी १ बाट विजयी

विराटनगर । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो । त्यसैगरी

प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरे

विराटनगर। सुनसरीको धरान उप-महानगरपालिका-१५ श्यामचोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१५ का ३४ बर्षिय किशोर परियार र धरान ३ का २७ बर्षिय वीरवल प्रसाद साह रहेका छन् । बुधबार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा