विराटनगर। नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९९ हजार ९ सय पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा चार सयले बढेको हो । आइतबार प्रतितोला ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज ९९ हजार नौ सय पुगेको हो। तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय कायम गरिएको
विराटनगर। रुपन्देहीको सैनामैना नगरपालिका-२ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरका हेल्पर सैनामैना नगरपालिका-४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका छन्। तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा साँझ ६ बजे थारुको मृत्यु भएको हो। हिजो साँझ सवा ५ बजे लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्याक्टरको पछाडिको चक्काले
लुमाजाङ। इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार प्राकृतिक ग्यास विस्फोट हुँदा करिब दुई किलोमिटर माथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको छ। इन्डोनेसियाली अधिकारीका अनुसार विस्फोटपछि करिब २ हजार व्यक्तिलाई स्थानीय बस्तीबाट सुरक्षित स्थानमा सारिएको छ। ज्वालामुखीका कारण करिब दर्जनौं मानिसको ज्यान गएको ठीक एक वर्षपछि यो विस्फोट भएको हो। राजधानी जकार्ताबाट करिब
काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए। बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा
फिदिम। नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ सेना घाइते भएका छन्। बुधबारेबाट पाँचथरको फिदिमतर्फ आउँदै गरेको बा १ ग ३४४२ नम्बरको गाडी आइतबार अपराह्न इलामको माङसेबुङ गाउँपालिका- ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भएर दुर्घटनामा परेको सेनाले जनाएको छ। दुर्घटनामा परी सैनिक प्युठ काँशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रबि तामाङ, रमेश चौधरी,
जनकपुरधाम । काठमाडौंका कथित सुकुम्बासीहरुले मधेशीलाई धोति भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरधामका युवाहरूले विरोध प्रदर्शन गरेका छन्। काठमाडौंका सुकुम्बासीले मधेशीलाई गाली दिएको भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । जनकपुरधामका युवाहरूले मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न विरोध प्रदर्शनमार्फत सचेतसमेत गराएको छ । युवा अभियन्ता आदर्श मण्डलले विगत
काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिका ४७ जनाले सामुहिक राजीनामा दिएका छन्। निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेको राजीनामा माग गरिएको हो। जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका
विराटनगर । जनता समाजवादी पार्टी र नेकपा एमाले बीच ब्रेकअप भएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताउनुभएको छ । मङ्सिर ४ को निर्वाचनका लागि जसपाले एमाले संग केहि सिटमा तालमेल गरेको थियो। आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताउनुभयो । ‘हामीले चुनावमा
काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनबाटै सरकार गठनको प्रयास गरिने बताएका छन्। माओवादी केन्द्रको पदाधिकारी बैठकपछि महासचिव गुरुङले गठबन्धन यथावत रहेकाले सरकार गठनको प्रयास गठबन्धनबाटै थालिने बताएका हुन्। महासचिव गुरुङले भने, ‘गठबन्धनका घटकहरूबीच कुराकानी हुन्छ। गठबन्धनकै प्रक्रियाबाट निर्वाचन भएकाले गठबन्धनको बैठक बस्नुपर्छ। भोलि गठबन्धनको आयोजना हुने भएको छ। गठबन्धनबाटै सरकार गठनको पहिलो
नानचिङ। चीनको च्याङ्सु प्रान्तको स्यूचौ सहरस्थित एक निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। स्थानीय समयानुसार शुक्रबार साँझ ४:५० मा आगलागी भएको थियो। आगलागीमा फसेका सातमध्ये पाँच जनाको प्रारम्भिक उपचारको क्रममा नै ज्यान गएको हो। अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान गर्न नगर सरकारले अध्ययन