एकैदिन थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिराटनगर । एकैदिन थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६४९१ नमूना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २९४१ र एन्टिजेनबाट ३५५० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ५२९ र एन्टिजेनबाट ३८३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप

जापान सरकारबाट ऋण प्राप्त गर्न वार्ता टोली गठन गर्ने :मन्त्री कार्की

काठमाडौं। सरकारले शहरी विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख (करीब १४ अर्ब ६९ करोड) सहुलीयतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै यसबारे जानकारी

गठबन्धनले निर्वाचनमा तालमेल गरे संविधानविपरित हुने

काठमाडौं। नेकपा एमाले नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा नेता रावलले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनैपनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरित हुने

यो निर्वाचन एउटा मौका हो ,दुइ तिहाई बहुमत ल्याउने : अध्यक्ष ओली

काठमाडौ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत आफूतिर पार्ने महासंग्राममा होमीन सम्पूर्ण पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अबको मुख्य केन्द्र संघ र प्रदेश सभाको निर्वाचन रहेको भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन् । अबको मुख्य केन्द्र निर्वाचन हो । यो निर्वाचन एउटा मौका हो । यो

नेपाल समाजवादी पार्टीको बैठक भोलि बस्ने

काठमाडौं । नेपाल समाजवादी पार्टीको बैठक भोलि (शनिबार) बस्ने भएको छ। काठमाडौंमा बस्ने बैठकमा विविध एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ । बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन सम्बन्धी निर्णय हुने बताइएको छ । यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र

देशभर मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने

बिराटनगर। देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर

नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको दोहोर्‍याए : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको दोहोर्‍याएका छन्। मन्त्री खाडले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका हुन्।उनीहरुबीच शुक्रबार गृहमन्त्रालयमा भेटवार्ता भएको थियो। नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले राजदूत यान्छीसँग भने, ‘नेपाली भूमिमा छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी

गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने

बिराटनगर । सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले भदौ पहिलो साताभित्र तालमेलको सबै प्रकृया टुग्याउने सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सहमति भएको अन्नपूर्णलाई जानकारी दिए । उनले भने, चुनावसम्म नै

एक जना वृद्धाको शव खोला किनारमा फेला परे

विराटनगर। मोरङको लेटाङ नगरपालिका–१ साक्फाराकी एक जना वृद्धाको शव खोला किनारमा फेला परेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रदुवा खोलाको किनारमा ६१ वर्षीया मनमाया मगरको शव बिहीबार साँझ भेटिएको हो। एक साताअघिदेखि घरबाटै बेपत्ता भएकी उनको शव सडेर दुर्गन्धित र किरा परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मानमाया साउन १३ गतेदेखि

रोपाई सकिएपछि आउन थाल्यो मल :एक हप्तामा किसानले पाउने

बिराटनगर। किसानलाई समयमै मल उपलब्ध गराउने उदेश्यले धानलाई लक्षित गरेर सरकारले ओमनबाट खरिद गरेको युरिया मल रोपाइँ सकिसकेपछि मात्र नेपाल आइपुगेको छ। ३० हजार मेट्रिकटन युरिया मलमध्ये २५ सय मेट्रिकटन (५० हजार बोरा) मल बिहीबार वीरगन्ज आइपुगेको हो। कोलकाता बन्दरगाहबाट मल बोकेको रेल बिहीबार दिउँसो सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको वीरगन्जस्थित कृषि सामग्री कम्पनीका प्रमुख चन्द्र