अवैध सामान बरामद

झापाको मेचीनगर नगरपालिका-८ स्थितबाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । बिशेष सुचनाको आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट  खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको पुरानो गोठमा वेवारीसे अवस्थमा रहेको करिव २० लाख मुल्य बरावरको कपडा र मोटर पार्टस बरामद गरेको हो । बरामद भएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको

जेठाजुको हत्यामा संलग्न बुहारी पक्राउ

झापाको कनकाई नगरपालिका-४ का ५५ बर्षीय पदम लाल बास्तोलाको हत्यामा संलग्न उनकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा (भाई बुहारी) कनकाई नगरपालिका-४ कि ४८ बर्षीया रनमाया बास्तोला रहेकि छन । पुस ७ गते बिहिबार शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलाको बगरको काँस घारीमा पदम लाल बास्तोला मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा

आज देशका तीनवटा प्रदेशमा वर्षा हुने

विराटनगर।आज शनिबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। शनिबार रातको समयमा देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम

चट्याङ लागेर ४२ जनाको मृत्यु

मलावी। चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता मात्र चट्याङ लागेर २८ जनाको ज्यान गएको छ । यो सँगै चट्याङ्बाट मृत्यु हुनेको कुल सङ्ख्या ४२ पुगेको छ । त्यसैगरी आँधीबेहरी तीव्र हावाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु भएको विपद् व्यवस्थापन

एक वर्षसम्म ८१ करोड जनतालाई निःशुल्क खाद्यान्न दिइने

नयाँ दिल्ली। भारतको केन्द्र सरकारले राष्ट्रिय खाद्य सुरक्षा ऐन (एनएफएसएस) अन्तर्गत आउँदो वर्ष ८१.३ करोड जनतालाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ। वर्षभरि निःशुल्क राशन दिइने बताइएको छ। अहिले यो ऐनअनुसार प्रतिव्यक्ति पाँच किलो खाद्यान्न प्रतिकिलो दुईदेखि तीन रुपैयाँमा उपलब्ध गराइन्छ । अन्त्योदय अन्न योजना अन्तर्गत आउने परिवारले ३५ किलो खाद्यान्न पाउनेछन् । भारतीय

आजदेखि सुरु हुने नेपाल टी—२० लिगको विजेतालाई ५५ लाख दिने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि सुरु हुने नेपाल टी—२० लिगको विजेताले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको तयारीबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशि सार्वजनिक गरिएको हो। यस्तै, उपविजेता, तेस्रो र चौथो हुने टिमले क्रमशः ३०, १० र ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ लाख र इमर्जिङ

श्रीमतीको हत्या अभियोगमा श्रीमानलाई जन्मकैद

राजविराज। श्रीमतीको हत्या अभियोगमा श्रीमानलाई जन्मकैद सजाय गरेको छ। राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्मकैद सजाय गरेको हो। जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको छ। राजबिराज नगरपालिका–१ रामपुर टोल घर भई सोही

गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

वीरगन्ज। बारामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो। महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल सवारमा दुई अपरिचित व्यक्तिले गोली हानेर भागेका थिए। उनको कोखामा एक राउन्ड गोली लागेको थियो। बाराको

फ्रान्समा वैज्ञानिकहरुले उत्खनन्का क्रममा डायनोसोरको जांघको हड्डी फेला पारे

एजेन्सी। दक्षिण-पश्चिमी फ्रान्समा वैज्ञानिकहरुले उत्खनन्का क्रममा डायनोसोरको जांघको हड्डी फेला पारेका छन्। बीबीसीका अनुसार यी वैज्ञानिहरुले करिब १० वर्षदेखि जीवावशेसको खोजी गरिरहेका थिए। दुई मिटर (साढे ६ फिट) लामो जांघको हड्डी आन्जेक इलाकामा भेटिएको हो। यो सोरोपोडो डायनासोरको हड्डी भएको अनुमान गरिएको छ। यो शाकाहारी डायनासोरको गर्द्धन लामो र पुच्छर समेत थियो। जुरासिक कालमा अन्तिम

भारतमा कोरोना महामारीको चिन्ता बढे

नयाँ दिल्ली। नेपालको छिमेकी देश भारतमा कोरोना महामारीको चिन्ता बढेको छ । केही देशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै छिमेकी देश भारतमा चिन्ता बढेको हो। चीनमा कोभिड-१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा पनि यो सबभेरियन्टका चारवटा केस फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा